६ जेष्ठ २०८१, आइतबार

सुन्तलाका औषधिय गुणहरु


सुन्तला

सुन्तला हेर्दा जति राम्रो रङको फल देखिन्छ, त्यति नै मात्रामा हाम्रो शरीरलाई पनि फाइदाजनक छ । सुन्तला स्वादका लागि मात्र नभइ स्वास्थ्यका हिसाबले पनि अत्यन्तै लाभदायक छ । मानिसहरू सुन्तलाभन्दा भिटामिन चक्कीतिर आकर्षित भइरहेका छन् । सुन्तला भिटामिन ‘सी’को प्रमुख स्रोत हो । भिटामिन चक्कीको सट्टा सुन्तला खानु स्वास्थ्य र सौन्दर्य दुवै हिसाबले फाइदाजनक हुन्छ । बढी तौल भएका व्यक्तिकालागि पनि पर्याप्त मात्रामा सुन्तलाको प्रयोग उत्तम हुन्छ । सुन्तलामा रहेका विभिन्न सुक्ष्म पौष्टिक तत्व भिटामिन ए, बी र सीले शरीरको रोग प्रतिरोधात्मक शक्ति बढाउँछन् । बिरामी भएको व्यक्तिलाई खान मन नलाग्दा सुन्तलाको थोरै रस खुवाँउदा खानामा रुची बढ्छ । बालबालिकालाई झाडा पखालाले सताएको समयमा सुन्तलाको रस थोरैथोरै गरेर दिइयो भने बिरामीको शरीरलाई चाहिने पानीलगायत अन्य तत्वको आपूर्ति हुन्छ । सुन्तला खानुका केही बुँदागत  फाइदाहरू :

१. उच्च रक्तचाप भएका व्यक्तिहहरुलाई फाइदा र गर्भवती महिलाहरुको लागि आवश्यक हुन्छ जसले काफलाई बाहिर निकाल्न मदत गर्दछ ।
२. क्यान्सरको रोग लाग्नवाट जोगाउँछ ।
३. सुन्तलामा भिटामिन सी र भिटामिन डी हुन्छ जसको कारण यसको जुसले हामीलाई सधै सक्रिय र फुर्तिलो बनाइ राख्दछ ।
४. मुटु सम्वन्धि रोगवाट बच्न मदत गर्छ ।
५. शुक्रकिटको संख्या बढाउने काम गर्दछ ।
६. मौसम परिवर्तनको कारण हुने संक्रमणवाट बचाउँदछ ।
७. अनुहार चम्किलो बनाउनलाई पनि मदत गर्दछ ।
८. दाँत र गिजा सम्बन्धि रोग कम गर्छ ।
९. शरीरको अनावश्यक तौललाई पनि कम गर्न मदत गर्छ ।
१०. आँखाको दृष्टि क्षमतालाई बढाउन र रोगवाट बचाउन मदत गर्छ ।
११. सुन्तलाको रसले हाम्रो शरीरमा नँया कोषिका बनाउन मदत गर्दछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !