जडिबुटी उपचार भन्दा केहिले नाक खुम्चाउने गरेको हेर्दा मलाई दु:ख लागेर आउछ । नेपालको भुभागमा अनगिन्ती यस्ता जडिबुटी छन् जसको बखान गर्न सकिदैन । आज मैले सजिलोसंग उपचार गर्न सकिने खालका औषधिबारे जानकारी दिने प्रयत्न गर्नेछु ।
१. ज्वरो
तुलसीको पात १० ग्राम कालो मरिच ३ ग्राम दुवैलाई मिलाएर राम्रोसंग पिस्ने र मरिचको दाना जत्रो गोली बनाएर दिनमा ३ पटक २ गोलीको दरले खाने ठिक हुन्छ ।
२. सुन्दर हुन चाहना भएमा
५ वटा गाजरको रस, टमाटरको रस, चुकन्दरको रस २०,२० ग्राम नित्य २ महिना सेवन गर्नाले चेहरा मूलायम हुनुको साथै सवै दाग मेटेर सुन्दर बनाउदछ ।
३. रक्सी छोडाउनु परेमा
एक बोतल असली सोफको अर्क राख्नुहोस् दैनिक खाने गरेको रक्सीमा एक तोलाको हिसाबले बढाउदै जाने रक्सी घटाउदै गएमा आदत हट्छ ।
४. मुख भित्र घाउ हुने भएमा
गाईको दूधको दहीसंग केरा केहि दिन खानाले यो रोग निको हुन्छ ।
५. मोटाउन चाहना भएमा
२५० ग्राम दूधमा २ वटा केरा २ महिना खानाले मोटाउन थाल्नु हुन्छ ।
६. दमको रोगमा
केराको बोक्रालाई जलाउनुस् र जलाएको खरानी ३ ग्राम जति मनतातो पानीसित खान दिनुस ठिक हुन्छ ।
७. टाउको घुमाउने चक्कर लाग्ने भएमा
एक कप मनतातो पानीमा आधा नीबूवा निचरेर खानुहोस् ठिक हुन्छ ।
८. उल्टि रोक्नु परेमा
अदूवा,प्याज,पोदिना को रस दूई चमच दिनाले उल्टि रोकिन्छ ।
९. स्वर बसेमा वा रूघा लाग्ने भएमा
अदूवाको रस र मह समभाग लिएर खान दिनाले ठिक हुन्छ ।
१०. जण्डिसको उपचार
१२५ मि.ली मूलाको पातको रसमा ३० ग्राम चीनी मिलाएर छान्ने र बिहानै खाली पेटमा खान दिने निको हुन्छ ।
११. चूर्णा परेमा
करेलाको पातको रस २,२ चमच दिनाले सवै चूर्ण झार्दछ ।
१२. बच्चालाई दुध नपुगेमा या आमाको दूध नआएमा
जीरा पकाएको काढा दिनाले दूध पग्रन्छ ।
१३. गर्मीको मौसममा पैताला पोलेमा
मैधीको पात पिसेर लगाउनु ठिक हुन्छ ।
*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।