६ जेष्ठ २०८१, आइतबार

विना शल्यक्रिया मोतियाबिन्दुको सफल होम्योपैथीक उपचार


मोतियाबिन्दु

हजुरको आँखाभित्र एउटा लेन्स हुन्छ । यो लेन्सले प्रकाशको किरणलाई केन्द्रित गर्ने काम गर्छ, जसले गर्दा तपाँई देख्न सक्नु हुन्छ । यो लेन्स, तपाँई जवान हुदा पारदर्शी र रङबिहिन हुन्छ, तर जब तपाँई बुढो हुदै जानुहुन्छ, यो लेन्स धमिलो र पहेँलो हुदै जान्छ ।

हजुरको आँखा धमिलो देखिने र लेन्सको धमिलोपनलाई मोतिविन्दु भनिन्छ । समय बित्दै जादा, मोतिविन्दुले तपाँईको दृष्टी अझ धमिलो बनाउछ, र तपाँईको आँखा प्रकाशको ज्योतिसंग संवेदनशील हुदै जान्छ ।

कसलाई मोतिविन्दु हुन्छ ?

मोतिविन्दु उमेर बढ्दै जादा हुन सक्ने एउटा सामान्य अवस्था हो, त्यसैले जब उमेर बढ्दै जान्छ, यो समस्या सबैमा देखिन्छ । तर अरु कारणहरुले गर्दा, यो समस्या सानो उमेरमा पनि देखिन सक्छ ।

कहिले मोतिविन्दुको शल्यक्रिया गर्नुपर्दछ ?

मोतिविन्दु आफैमा तपाँईको आँखाको लागि हानिकारक हुदैन । त्यसैले जब यसले तपाँईको दृष्टिलाई असर गर्छ, त्यसपछि मात्र यसको शल्यक्रिया गर्दा राम्रो हुन्छ ।

मोतिविन्दुको शल्यक्रियामा के के सामेल हुन्छ ?

मोतिविन्दुको शल्यक्रियामा तपाँईको धमिलो लेन्सलाई हटाएर, त्यसको ठाऊँमा एउटा कृतिम लेन्स राखिन्छ । यो प्रक्रिया “लोकल आनसथेटिकको” प्रभावमा गरिन्छ, जसले गर्दा तपाँई बिउझैं भएपनि, तपाँईले आफ्नो आँखामा कुनै दुखाईको महसुस गर्नु हुने छैन ।

किन मोतिविन्दुको शल्यक्रिया गर्नुपर्छ ?

मोतिविन्दुको शल्यक्रियाले तपाँईको दृष्टिमा सुधार ल्याउने काम गर्छ । मोतिविन्दुलाई हटाउनासाथ, तपाँईले राम्रोसंग देख्नु पर्छ र साथै तपाँईको रंगहरुलाई छुट्टाउन सक्ने खुबीमा पनि सुधार आउन सक्छ ।

प्रारम्भिक मोतियाविन्दुको शल्यक्रिया गर्नुपूर्व यो औषधि सेवन र आँखामा औषधि राख्दा निको हुन सक्छ । यस्तो उपचार शल्यक्रिया गर्न नमिल्ने अवस्थामा यो औषधि प्रयोग गर्न सक्नु हुन्छ ।

उपचार

१. Germany Cineraria Maritima Eye Drop १ थोपा दिनमा ४ पटक आँखामा राख्ने ।

२. Calcarea Fluorica ४ गोली दिनमा ४ पटक खाने ।

नोट : यो औषधि जर्मनी कम्पनीको नै खरिद गर्नुहोला र हरेक होम्योपैथीक फार्मेसिमा पाउन सक्नुहुन्छ । ०७८४१००२९ पनि बुझ्न सक्नुहुन्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !