१२ आश्विन २०८१, शनिबार

होशियार ! ज्वरो विग्रेमा कोरोना हुन सक्छ


नेपालमा कोरोना संक्रमण दर

यो समय मौसम परिवर्तनको समय हो । अहिले भाइरल ज्वरोको मौसम पनि हो । ज्वरो आएको छ । समयमा ज्वरोको उपचार नभए टाइफाइड भएर मान्छे मर्न सक्छ । जब ज्वरो विग्रन्छ तब मुखको स्वाद र गन्ध त्यसै हराएर जान्छ । मलाई ज्वरो आएर खाना नरूच्दा मेरो बाबाले करेला पोलेर थिचेर खान दिनु हुन्थ्यो । तर आज यसैलाई हामीले कोरोनाको लक्षण भन्दै रोगीलाई तर्साउछौं ।

रूघा लागेको छ हल्का ज्वरो आएको छ व्यक्टेरियासंगै भाइरल ज्वरो पनि आएको हुन सक्छ । डाक्टरको परामर्शमा राम्रो औषधि सेवन गराउन पनि सक्नुहुन्छ या अनुभवी व्यक्तिको रेखदेखमा घरेलु जडिबुटी सेवन गराउनुस चाँडो निको हुनसक्छ ।

ज्वरोको समय हो हरेकलाई ज्वरो आएको हुन्छ । सामाजिक दुरी भन्दै विरामीको वास्ता नगर्दा फिवर पाइरेक्सिन भएर मान्छे मर्न पनि सक्छ । रूघा लाग्नु, खोकी लाग्नु, सामान्य ज्वरो आउनु यो नोबेल कोरोनाको नै सक्रमण हो भन्दै वास्ता नगर्दा यसले स्वास्थ्यमा नकरात्मक प्रभाव पार्न सक्छ ।

ज्वरो देखेर डाक्टर डराउने छिमेकी डराउने आफ्ना सवै डराउन थाले रोगी निको हुनुको सट्टा झन बढ्दै जान थाल्नेछ । रूघाको होस् या अन्य कारणले आएको ज्वरो छ भनेपनि नवरस १ दाना, पराणे स्वर रस १ दाना र आनन्द भैरम रस १ दाना घोडताप्रेमा खल गर्नुहोस् र थोरै अदुवाको रस राखेर खान दिनुहोस् यो एक मात्रा भयो दिनमा ३ मात्रासम्म दिन सक्नु हुन्छ । यस्ले जस्तो सुकै विग्रेको ज्वरो निको बनाउन सक्छ ।

यो औषधिको प्रयोगले फिवर पाइरेक्सिन भएको भएपनि विरामी मर्न दिन्न । एकपटक एकजना विरामी ज्वरो आएर थुप्रै हस्पिटल चाहर्दै गर्दा निको नभएर हामी कहाँ ल्याइएको थियो त्यो बेला मेरो बुवा वैद्य भएकाले नारी सम्वन्धि ज्ञान मैले बुबा बाट प्राप्त गरेको थिए । यदि कसैको नाडि १,२ भन्दै काट्दै अघि बढ्छ भने उ एक दुइ दिन भित्र मर्छ भनेर भन्ने गर्दथियौं र उ ठिक त्यही समयमा उसको मृत्यु हुने गर्दथियो ।

मैले त्यो विरामीको नाडि हेर्दा अरूले बाच्दैन भनेर तुलसीको बुटामुनी राखेको विरामीलाई भित्र राखेर नवरस, आनन्द भैरम रस, पन्चबक्र, प्राणेश्वर रस सवै एक एक गोली घोडताप्रेमा खल गरि खान दिएको ६ घण्टा भित्र बिरामीको ज्वरो उत्रेको थियो मर्छ भनेको त्यो विरामी आज मजदुर गरेर खान्छ ।

रोगको सहि पहिचान गरेर यस्ता औषधि चलाउने गर्नाले कोरोनाका कारण विग्रेको ज्वरो भएपनि यो औषधिले निको हुन सक्छ । थुप्रै एण्टिवायोटिक दिइएको रहेछ । हामी कहाँ आइपुग्दा किड्नी ड्यामेज हुनथालेको भनेर मेडिकल कलेजले रिपोर्ट दिएको रहेछ ।

समय परिवर्तन संगै विज्ञानले पनि आयुर्वेदिकको पक्ष लिन थालेको देखिन्छ । विश्वका विकसित राष्ट्रहरूले पनि हर्बल मेडिसिन माथि अनुसन्धान गर्दै गएको र हरेक व्यक्तिले प्राकृतिक खाना खानुपर्छ भन्ने मान्यता बढ्दै गएको यो घटनाले पुष्टि गरेको छ ।

भाइरल ज्वरोको औषधि मेरो अनुभवमा ४० बर्ष जति भयो बनेको छैन बन्ने पनि देखिएको छैन । आज सामान्य ज्वरो निको गराउन सटिक औषधिको अभावमा मानिस उपचार नपाएर मर्दैछन् यो नै वास्तविकता हो भन्दा खासै फरक छैन । अबको समय भनेको हर्बल औषधिको हो हर्बललाई अगाडि ल्याउन र आयुर्वेदिकको दिघो विकास गर्दै अघि बढ्न आवश्यक छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !