आजको वर्तमान युगमा हरेक मानिस दादको चपेटामा परेको देखिन्छ । छालाको रोगमध्ये सवैभन्दा बढी देखिने रोग भनेकै दाद भन्दा फरक नपर्ने देखिन्छ । दादको बारेमा मैले दर्पण एफएम ९९.२ बाट बोलेको पनि थिए । आज नागरिकको हितमा यस्को प्रमुख कारणबारे प्रकाश पार्ने जमर्को गर्दैछु ।
दाद खास गरी Fungus (ढुसी) बाट हुने पुनरावृति रोग हो । यसको सहि उपचारको अभावमा दादको उन्मुलन सम्भव छैन । दादको उपचार गर्नुपूर्व यसको कारण थाहा भयो तर यो ढुसी नफैलियोस् भन्नाका लागी दाद भएको एरियामा राम्रोसंग घोटी-घोटी सफा गर्ने र पसिना जम्नबाट रोक्न सकेमा यो रोगबाट छुट्कारा पाउन सकिनेछ ।
दाद धेरै प्रकारको हुने हुनाले यसको पहिचान गर्न कहिले काहि गार्हो हुने हुन्छ । तर दादको एरियामा गोलो-गोलो टाइपको देखिएमा दाद भन्ने गरिन्छ । यो अत्यधिक चिलाउने खालको हुन्छ । दादको पहिचान गर्न सजिलो होस् भन्नाका लागी तल केहि जानकारी पस्कदै छु ।
दादका लक्षणहरू
१. Ringworm (गोलो आकारको चिलाउने खालको बिचमा खाल्डो तर छिउमा उठेको देखिने दाद हुन सक्छ)
२. स-साना रातो दाग देखिएमा
३. पिप जमेको खटिरा
४. छाला खस्रो
५. बढी चिलाउने खालको
दादका प्रकारहरू
१. औलाको कापमा हुने दाद जसलाई (Tinea Pedis) भन्दछन् ।
२. शरीरमा हुने दाद (Tinea Corporis )
३. तिघ्राको कापमा हुने दाद
४. तालुमा हुने दाद (Tinea Capitis)
५. नङमा हुने फंगस (Onychomycosis)
६. योनीमा हुने सक्रमण दाद जसलाई (Vulvovaginal Candidiasis)
अब हामी यसको उपचार कसरी गर्ने भन्नेतर्फ लागौं । यसको उपचार छाला सम्बन्धि अनुभवी डाक्टरको रेखदेखमा गर्न सक्नुहुन्छ । पाठकको हितलाई ध्यानमा राखी हामीले तल केहि उपचार दिएका छौं फाइदा उठाउन सक्नुहुन्छ ।
उपचार
१. Econa (Itraconazole) 100mg को औषधि दिनमा २ पटक ६/७ हप्तासम्म दिने बन्द गर्नुपुर्ब डाक्टरको परामर्श लिने ।
२. Vulvovaginal Candidiasis मा भने १०० को यहि औषधि दिनमा २ पटक ७ दिनसम्म दिने ।
३. Antif VT भने (Vulvovaginal Candidiasis) मा भित्र राख्ने राम्रो फाइदा गर्दछ । बाहिर चिलाउने गर्छ भने (Antif Ointments) लगाउने क्रमश: निको हुदै जानेछ ।
४. अन्य शरीरको दादमा (Ketocan – Ketocanazole Cream) नियमित सन्चो भएपनि केही समए दलेमा दाद निको हुन्छ ।
*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।