७ पुस २०८१, आइतबार

अनुहार चम्किलो र सुन्दर बनाउने तरिकाहरु


अनुहार भनेको मानिसको ऐना हो । मानिसलाई मानिस जस्तै देखाउनको लागि अनुहारले पनि धेरै मद्धत गर्दछ । किन कि अहिलेको समयको युवायुवतीहरु अनुहार चम्किलो र सुन्दर बनाउनको लागि प्रतिस्पर्धा जतिकै भईहरेको देखिन्छन् । प्राय केटीहरुले बदिमात्रामा सुन्दर्यका साधनहरु प्रयोग गर्ने र अनुहारमा ध्यान दिने गर्छन् । अनुहार चम्काउन सौन्दर्य प्रशाधनमा मानिसहरु हजारौं खर्च गर्छन् । व्युटी पार्लर धाउँछन् । तर कतिपय यस्ता सामाग्रीले कुरुप बनाएका थुप्रै उदाहरण पनि छन् । मापदण्ड भन्दा बढी केमिकल राखिएका सामाग्रीले रोगको शिकार पनि बनाएका छन् । तर साइडइफेक्ट नहुने र घरमै सहजै पाइने तरिका प्रति भने सौन्दर्यका पारखीहरुको ध्यान गएको पाइदैन । हामी घरमै बसीबसी आफ्नो आनुहर चम्किलो र सुन्दर्य बनाउन सकिन्छ । केही यस्ता घरेलु तरिका छन् जसले अनुहार चम्काउन र सुन्दर्य बनाउन मद्धत गर्छ ।

तरिकाहरु

१. निमको पातलाई पिसेर लेदो बनाएर लगाउने ।
२. अनुहारमा घिउकुमारीको रसले मालिस गर्ने ।
३. काक्रोको रसमा बेसार मिसाएर अनुहारमा लगाउने ।
४. काँचो दूधले अनुहार मालिस गर्दा मरेको छाला हटाउँछ।
५. पाकेको केरा मुछेर अनुहारमा लगाउने ।
६. एक चम्चा मह हातमा लिएर अनुहारमा लगाउने ।
७. डार्कसर्कल हटाउन आँखाको वरिपरी काँचो आलुको टुक्राले हल्का मसाज गर्ने ।
८. दुई चम्चा बेसनमा आधा चम्चा बेसार मिसाउने त्यसलाई १० थोपा गुलाबजल र कागतीको रसले लेदो बनाई लेदोमा काचो दूध घोलेर पातलो लेप बनाउने र अनुहारमा लगाउने ।
९. सुन्तलाको बोक्रलाई घाममा सुकाएर पिसेको धुलोमा कागतीको रस मिसाएर लेप बनएर यसलाई फेसवासको रुपमा प्रयोग गर्ने ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !