१५ असार २०८१, शनिबार

चाया हटाउने घरेलु उपायहरु


chaya

जतिसुकै राम्रो गेटपमा हिडेपनि जो कसैको कपालमा चाया भएकै हुन्छ । चाहे त्यो युवा युवती वा वृद्धामा किन नहोस् । मानिसको शरीरमा विभिन्न समस्याहरु हुन्छन् । त्यो मध्ये एक कपालमा चाया पर्नु पनि एउटा समस्या हो । जसलाई हटाउन बजारमा विभिन्न क्यमिकलयुक्त स्यामफू, तेल आदि उपलबध छन् । जसको प्रयोगको सहि परिणाम दिईरहेको पाईदैन् । जसलाई घरमै बसी बसि सजिलै घरेलु उपायद्धारा उपचार गर्न सकिन्छ ।


घरेलु उपायहरु

१. दाना मेथीलाइ रातभर ढड्याएर राख्नुस र बिहान उठेर त्यसको पेष्ट बनाएर कपालमा लगाउने ।
२. ग्लीसीरिन र गुलाव जल मिलाएर राख्नुस र हरेक दिन नुहाउने बितिक्कै अलिकति दल्ने ।
३. रहरको दाललाई रातभर पानीमा भिजाएर बिहान उठ्ने बितिक्कै पिनेर कपालमा लगाएर आधा घन्टा जति छाडेर नुहाउने ।
४.करिव ६ वटा कागती काटेर २ लीटर पानीमा उमाल्ने र चिसो भइसकेपछि कपाल पखाल्ने ।
५.एलोभेराको रस निकालेर कपालमा दल्ने आधाघन्टा जति राखेर पखाल्ने ।
६. एक चम्चा माटोमा गोलभेडाको पेस्ट मिलाएर पेष्ट बनाई कपालमा लगाएर १५/२० मिनेट छोडेर कपाल पखाल्ने ।
७. सरस्युको तेल र कागतीको रस मिलाएर कपालमा लगाई मालिस गर्ने ।
८. अमिले दहीमा थोरै पानी मिसाएर कपालमा लगाएर ३० मिनेट जति राखेर नुहाउने ।
९.नरिवलको तेल र कपुर मिलाएर नुहाउनु भन्दा आधा घन्टा अघि मसाज गने ।
१०. चुकन्दरको पातलाई पानीमा उमाल्ने र उमालेको पानीले कपाल धुने ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !