९ असार २०८१, आइतबार

भाइरल प्रभावित क्षेत्रका विद्यालय चार दिन बन्द


jwor

१० माघ, कालिकोट । कालिकोटमा फैलिएको भाइरल ज्वरो नियन्त्रणमा नआएपछि प्रभावित क्षेत्रका १६ विद्यालय ४ दिनका लागि बन्द गरिएका छन् । जिल्ला शिक्षा कार्यालयले खाँडाचक्र नगरपालिका र सान्नी त्रिवेणी गाउँपालिकाका विद्यालय ४ दिनका लागि बन्द गर्ने निर्णय गरेको हो ।

जिल्ला दैवी प्रकोप उद्धार समिति र स्थानीय वडाको आग्रहमा जिल्ला शिक्षाले खाँडाचक्रका १, २, ३ र ४ वडाका सबै १५ वटै र सान्नी त्रिवेणी गाउँपालिकाको एक विद्यालय बन्द गर्न जिल्ला शिक्षा कार्यालय निर्णय गरेको छ । भाइरल ज्वरो समूहमा बढी फैलिने सम्भावना भएकाले विद्यालय ४ दिन बिदा दिने निर्णय गरिएको जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद तिवारीले बताए ।

‘खाँडाचक्रमा पनि ८० प्रतिशत स्कुले बालबालिका बिरामी परेको जिल्ला स्वास्थ्य प्रमुख डा. कौशल अलीले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !