७ जेष्ठ २०८१, सोमबार

नेपालमा करीव ३५ हजार नयाँ क्षयरोगी थपिदै


kshayarog

६ माघ, भक्तपुर । राष्ट्रिय क्षयरोग केन्द्रका अनुसार नेपालमा करिब ३५ हजारको संख्यामा नयाँ क्षयरोगी थपिने गरेको कुरा क्षयरोग केन्द्र भक्तपुरले तथ्यांक सार्वजनिक गरेको छ । क्षयरोगबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले नगरकोटमा आयोजना गरिएको २ दिने कार्यशाला गोष्ठीका क्रममा केन्द्रले नेपालमा रहेका क्षयरोगी मध्ये झण्डै १० देखि १२ हजार क्षयरोगी सम्पर्कविहीन रहेको केन्द्रका निर्देशक डा केदार नरसिंह केसीले बताए ।

केसीका अनुसार प्रत्येक दिन १२० जनाको संख्यामा नयाँ क्षयरोगी देखापर्ने गरेका छन् भने क्षयरोगकै कारण नेपालमा वर्षेनी ५ देखि ७ हजार बिरामीको मृत्यु हुने गरेको छ । नेपालको जनसंख्याको ४५ प्रतिशत मानिसमा क्षयरोग संक्रमणको जोखिम रहेको केन्द्रको भनाइ छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !