४ माघ, काठमाण्डौ । मानव अंग प्रत्यारोपण केन्द्रवाट निस्कासित नर्स त्रजिना जतिलाई पुनर्बहाली गर्न सरकार सहमत भएको छ । यससँगै नर्सहरुको आन्दोलन स्थगित भएको छ ।
सरकारी वार्ता टोली र नर्सिङ संघवीच भएको वार्तामा ११ बुँदे सहमति भएको छ । जसमा नर्स जतिलाई पुर्नबहाली गर्नेसहित ११ बुँदे माग राखेर नर्सहरु आन्दोलनमा उत्रिएका थिए ।
सरकारले तोके अनुसार ‘नर्स बिरामीको अनुपात’ लागू हुनुपर्ने, निजी अस्पतालमा पनि सरकारी सरह न्यूनतम तलबभत्ता हुनुपर्ने, भोलेन्टियरका नाममा भएको नर्सको श्रमशोषण बन्द गर्नु पर्ने संघको माग छ ।
त्यस्तैगरी स्कुल तथा उद्योगहरुमा गुणस्तरीय नर्सिङ सेवा पुर्याउनु पर्ने, दुर्गममा काम गर्ने नर्सहरुलाई उचित पारिश्रमिक र सुरक्षाको प्रत्याभूति हुनु पर्ने, श्रम ऐन लागू गर्नु पर्ने लगायत पनि संघको माग थियो ।