९ आश्विन २०८१, बुधबार

ज्वरो आउनु रोगको लक्षण भएपनि ज्वरो आउनासाथ उपचार गरिहाल्नु पर्दैन


ज्वरो

ज्वरो शरीरको तापक्रम हो जुन सामान्य भन्दा बढी छ भने त्यसलाई ज्वरो भन्दछन् । हरेक व्यक्तिमा सामान्य तापमान एक व्यक्तिबाट अर्कोमा केहि फरक हुन सक्छ, तर यो प्राय: ९८.६ को आसपास हुन्छ ।

ज्वरो रोग होइन । यो सामान्य अवस्थामा ज्वरो आउँछ भने कुनै रोगको आक्रमण भएको संकेत हो यस्तो देखिएमा शरीरले रोग वा संक्रमण विरुद्ध लड्न कोशिस गरिरहेको छ भनेर बुझ्नु पर्दछ । शरिरमा रोगको संक्रमण हुँदा प्राय: धेरै जसो ज्वरो आउन सक्छ ।

प्रकृतिले हाम्रो शरीरलाई रोगसंग लड्न र रोगको संक्रमण शरीरमा भए या नभएको थाहा दिन ज्वरो आउन थाल्दछ । ज्वरो आउना साथ हामीले उपचार गराई हाल्ने सिस्टमको विकास भइसकेको छ । आजकाल ज्वरोलाई सामान्य रूपमा लिने चलन समाप्त भइसकेको छ ।

ज्वरो आउनु संक्रमणको लक्षण हो तर संक्रमण केको भनेर बुझ्न जरूरी छ । रूघा लाग्दा, खोकी लाग्दा या अन्य सरूवा रोगको आक्रमणमा परेर पनि ज्वरो आउन सक्दछ । पहिले ज्वरो आउनासाथ कम्तीमा २ वा ३ दिन औषधि नदिई हेर्ने चलन थियो तर अहिले भने त्यो चलन समाप्त भइसकेको छ ।

प्रकृतिले हामीलाई थुप्रै रोगबाट बचाउन रोगसंग लड्न सक्ने क्षमता प्रदान गरेको हुन्छ । सामान्य ज्वोरो आउनासाथ आतिहाल्नु पर्दैन । कहिलेकाही सामान्य रोगहरू आफै निको हुन सक्छ । ज्वरो आउनासाथ औषधि लिने बानीले रोगको लागि दिइएको औषधिले रोग घट्नुको साटो बढ्न थाल्नेछ ।

हाम्रो बाबु -बाजेको पालामा कतिपय रोगहरू जडिबुटी दिएर निको हुने गर्दथे तर अहिले समय परिवर्तन भए लगतै सानातिना रोगमा एण्टिवायोटिक दिने चलन छ । पारासिटामोल ज्वरो आएको बेला अत्याधिक दिनाले भाइरसको सक्रमण बढ्ने खतरा हुन सक्छ ।

सामान्य ज्वरो आउनासाथ औषधि नदि पानी पट्टी मात्र दिनाले पनि ज्वरो निको हुने देखिन्छ । समय परिवर्तन भइसकेको भएपनि हामीले उपचार गर्ने सिस्टमलाई सुधार गर्न सकिन्छ । पहिले र अहिले समय फरक भएपनि प्रकृतिले दिएको समय कुर्दा खासै फरक नपर्ने देखिन्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !