१४ बैशाख २०८१, शुक्रबार

सूर्यको किरणबाट गरिने उपचार क्रोमोपैथी


सूर्यको किरणद्वारा गरिने उपचार
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

प्रकृतिको अनुपम उपहारलाई मानव स्वास्थ्यमा प्रयोग गरौं । यो उपचार आज ओझेलमा परेको देखिन्छ । सूर्यको किरणद्वारा गरिने उपचारलाई क्रोमोपैथी भन्दछन् । यो उपचार हाल प्रयोग भने नभएको देखिन्छ ।

यो चिकित्सा पद्धतिलाई प्रयोग गरेर थुप्रै रोगहरूबाट बचाउन सकिने देखिएको छ । हाम्रा पूर्वज प्राचीन ऋषिमुनीहरुले सूर्य किरणको महत्वबारे जान्दथे । तर अहिले समय परिवर्तन भई सकेकाले यता कसैको ध्यान पुग्न सकेको छैन ।

सूर्यको किरणको साहेताबाट थुप्रै रोगको उपचार गर्न सकिने भएको छ । सूर्य किरणको प्रयोगबाट के कस्ता रोग निको गराउन सकिन्छ भन्ने जानकारी नहुँदा आज उपचार गर्न गारो भएको छ ।

सूर्यको सप्तरंगी किरणमा अति आवश्यक भिटामिनहरू छन् जसको साहेताबाट हामीले अनगिन्ती फाइदा उठाउन सक्नेछौं । हामीले स-साना बच्चाहरुमा देखिने पहेलो रोग जसलाई हामी जण्डिस भन्दछौं त्यस्ता रोगमा विहानको घाममा राख्ने गर्नुहोस् भनेको सुन्छौ तर हामीले यसो गरेका हुदैनौं ।

हाम्रो शरिरलाई अनेकौं भिटामिनको आवश्यकता हुने गरेको हुन्छ । औषधि नखाई हामीले सूर्यको किरणबाट यस्ता भिटामिन प्राप्त गर्न सक्ने छौं । सूर्यको किरणबाट उपचार गर्ने विधि जान्नु पूर्व हामीले सूर्य किरणलाई कसरी प्रयोग गर्न सकिन्छ भन्ने महत्वपूर्ण जानकारी हुन आवश्यक छ ।

सूर्यको किरणबाट प्राप्त हुने Indigo Color, Blue Color, Red Color, Yellow Color, Orange Color, Violet Color, Green Color आदिबाट कसरी फाइदा लिन सकिन्छ र कुन रङले कुन रोग निको बनाउन सकिन्छ भन्ने जानकारी हुन आवश्यक छ ।

१. रातो रङको कमि भएमा निन्द्राधिक्य, आलस्य, कब्जियत जस्ता रोगले समाउने गर्दछ ।

२. पहेलो रंगको कमि भएमा नीद कम लाग्नु, शरिर दुख्ने, अरूचि खाना नरूच्ने देखिन्छ ।

३. नीलो रंगको कमिले पसिना बढी आउनु, ज्वरो आउनु, पिसाब कम हुन्छ । पेज लामो हुने भएकाले थोरै मात्र लेखिएको छ । अर्को अंकमा पढ्न नभुल्नुहोला ।

मानव शरीर पन्च तत्वबाट बनेको छ । पृथ्वी, पानी, आगो, हावा र आकाश । वात, पित्त,कफ र तमोगुण रजोगुण, सतोगुण मानिसका प्रकृति हुन् । यिनको साहेताबाट मनलाई स्वस्थ र सन्तुलित बनाउन मद्दत गर्दछ । सूर्य किरणको साहेताबाट थुप्रै रोगको उपचार गर्न सकिनेछ ।

सूर्य किरणबाट उपचार गर्नको लागि पानी सफा हुनुपर्छ । यसका लागि हामीले मिनरल वाटर या डिस्टिल वाटर प्रयोग गर्न सकिन्छ । विना औषधि पानीको साहेताबाट सूर्य तप्त पानीबाट उपचार गराउन सकिनेछ ।

सूर्य तप्त पानी बनाउने तरिका सफा बोतलमा जुन रंगको पानी तयार गर्नुछ त्यही रंगको बोतलमा पानी राखेर सूर्यको किरणमा राख्ने ३१ दिनमा औषधि पानी तयार हुन्छ ।

यो पानीलाई विविध रोगमा आवश्याकता अनुसार प्रयोग गर्न सकिनेछ ।

नोट : यो अंकमा लेख लामो हुने भएकाले अर्को अंकमा उपचार बारे प्रकाश पार्नेछौं हेर्न र पढ्न नविर्सनु होला । ॐ !

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !