१५ असार २०८१, शनिबार

एचआईभी एड्सका लक्षणहरु र नियन्त्रण


HIV-AIDS
Ram Magar
राम मगर

अहिलेको सन्दर्भमा हाम्रो देश नेपालमा पनि एचआईभी एड्स निकै भित्रिएको पाइन्छ । नेपालमा पनि यो रोग सन् १९८८ मा पहिलो पटक भित्रिएको पाइन्छ । यो रोग विशेषगरी भाइरस हो । यो रोग मानव जीवनमा प्रवेश गरेपछी विभिन्न प्रतिरोधात्मक क्षमतालाई नष्ट गरेको हुन्छ । यो रोग अमेरिकामा १९८१ मा देखा परेको थियो । सन् १९८३ मा पहिलो पटक एचआईभी भाइरस रगतमा पहिचान गरियो । सन् १९८४ मा यस भाइरसले एड्स नामक रोगले शरीरमा गराउन सक्ने कुरा अवगत भयो । नेपालको सन्दर्भमा सन् २०११ को तथ्यांक अनुसार ५०,२८८ वयस्क र वच्चाहरु एड्स रोगको संक्रमणवाट पीडित छन् । एड्सको कारक तत्व Retro Virus हो जसलाई Human Immunodeficiency Virus भनिन्छ ।

एचआईभी एड्सका लक्षणहरु 

१. टाउको दुख्नु ,
२. मुखमा घाउ आउने ,
३. शरिरमा खटिरा आउने ,
४. खान मन नलाग्नु ,
५. पखाला लाग्ने ,
६. थकाइ लाग्ने र शरीरको मांसपेशीहरु दुख्ने ,
७. वाकवाक लाग्ने ,
८. घाटी दुख्ने ,
९. शरीरको तौल घट्दै जानु आदि ।

एचआईभी एड्स नियन्त्रणका गर्ने तरिका

१. सुरक्षित रूपमा यौन सम्पर्क,
२. अरुले प्रयोग गरेको सुई प्रयोग नगर्ने,
३. बहुयौन सम्पर्क नराख्ने,
४. रक्तदान लिँदा होसियारी पुर्याउने आदि ।

*राम मगर नेपालपत्रका समाचारदाता हुन्  ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !