Dexamethasone Injection खास गरी Allergic Reactions मा उपयोगी छ । यसले छाला सम्बन्धी स्वासप्रस्वास सम्बन्धि समस्यामा राम्रो काम गर्दछ । सहि समयमा यसको उपयोग सर्पदंशमा IV युज गरिन्छ भने जस्तोसुकै सर्पको उपचार गर्न यो सफल छ ।
No risks no game जबसम्म हामी जोखिम उठाउन सक्दैनौं तबसम्म खेल खेल्न सक्दैनौं । घट्ना धेरै पुरानो हो एकपटक करेत सर्पले टोकेर हामीले यो डेक्सामेथासोनको इन्जेक्सन् लगाएर भरतपुर रिफर गरेका थियौ उहाँ भरतपुर नपुग्दै ठिक हुनु भएको थियो ।
यस्तै अर्को घटना थियो गोमन सर्पले टोकेर ल्याइएको थियो त्यो समय असार महिना थियो साधनको अभाव समयमा पुर्याउन गार्हो हुनाले बिरामीका अभिभावकलाई हामीले केही भए जवाफदेही हुने छैनौं भनेर यही सुई नसामा लगाई दिएका थियौं । बिरामी निको भएर घर फर्कनु भएको थियो ।
यसरीकेहि मान्छे निको हुदै जाँदा तम्सरिया गाउँका अध्यक्षले सिपारिस गरी थप तालिमका लागि भरतपुर पठाउनु भयो त्यति बेला महेन्द्र आदर्श चिकित्सलयका CMO डा. प्रकाशजंग रायमाझी अहिले पनि उहाँ भरतपुर हुनुहुन्छ । उहाँले यो रिक्सको काम हो यस्तो काममा हात नहाल्नुस ठिक हुँदासम्म पब्लिक बोल्दैनन् नहुदा हजुरलाई जे पनि गर्न सक्छन् भन्ने कुरा गरेपछि हामीले इन्जेक्सन लगाएर पठाउन छोडेका थियौं ।
कुनै पनि जहरिलो सर्पले टोक्दा नसा लाग्ने हुन्छ । त्यो नसालाई निस्कृय पार्न यो सुई सक्षम छ । यो अनुभव गरेका घटना हुन । डाक्टरले उपचार मर्छ भनेर गर्ने होइन तर समएमा सटिक उपचार नभएर मान्छे मर्दछ । यस कुरामा हरेक मान्छे ले बुझ्न आवश्यक छ । यो इन्जेक्सन लगाएर समयमा हस्पिटल रिफर गर्न सके मानिस बाच्न सक्छ ।
तर अहिले समय ग्यारेन्टी माग्नेको छ । हामीले लगाउन चाहे पनि कालगतिले मरेपनि दोषी ठहराउने समाज छ । यस्तो अवस्थामा मान्छेले रिक्स उठाउन चाहदैन ढिलो भएमा बाँच्ने मान्छे पनि मर्दछ । यहाँ हामीले भन्न खोजेको कुरा केहो भने हरेक क्लिनिकमा यो इन्जेक्सन हुन्छ तर यो इन्जेक्सन सर्पदंशमा प्रयोग हुदैन ।
यो लेख एउटा अनुभवमा आधारित छ । यो सर्पदंशको उपचार भने होइन तर फस्ट एडको रूपमा लगाएर पठाउन सके बिष चढ्नबाट रोक्न सक्छ । आज बुद्धिजीवी धेरै भएको अवस्थामा काम गर्दा असहज हुनु स्वभाविक हो । काम जस्तोसुकै किन नहोस् रिक्स उठाएर गर्न गार्हो हुन सक्छ ।
नोट : यो लेखको उद्धेश्य केवल जानकारी पस्कन खोजेको मात्र हो य्सली उपचारको माध्यम भने होइन । हरेकले डाक्टरको सल्लाहमा मात्र औषधीको प्रयोग गर्ने गर्नुपर्छ ।
*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।