४ मंसिर २०८१, मंगलबार

डब्लुएचओले भने, “संसार खतरनाक चरणमा छ”


डब्लुएचओ

एजेन्सी, ५ असार । चीनवाट महामारीको रुपमा फैलिएको कोरोनाका कारणले अहिले विश्व नै तरंगित बनाएको छ । बिहिबार एकै दिन डेढ लाख कोरोना भाइरसका संक्रमित थपिएसंगैअहिलेसम्म एकै दिन सर्वाधिक संख्या थपिएको किर्तिमान हो ।

विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस आडानोम गेब्रिसेसले थपिएको संख्याबारे जानकारी दिदै अहिलेसम्मकै सर्वाधिक भएको बताए । शुक्रबारको प्रेस ब्रिफिङमा उनले दक्षिण एशिया र मध्यपूर्वमा संख्या बढी थपिएको बताए ।

उनले भने, ‘विश्व नया र डरलाग्दो चरणमा छ ।’ मानिसहरु घरमा बस्दा वाक्क भएर समाज र अर्थतन्त्र सुचारु गर्न खोजिरहेकोतर्फ औल्याउँदै भने, ‘भाइरस छिटो छिटो फैलिइरहेछ ।’ भाइरस डरलाग्दो भएको र धेरै मानिसहरु अझै असंवेदनशील देखिएकोमा चिन्ता व्यक्त गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !