कतै तपाईलाई पनि कब्जियत भएको त छैन ? यस्ता छन् कब्जियतको लक्षणहरु

कतै तपाईलाई पनि कब्जियत भएको त छैन ? यस्ता छन् कब्जियतको लक्षणहरु

कब्जियतको कारणले उच्च तथा निम्न रक्तचाप, मधुमेह, मोटोपन, ग्यास्ट्र्रिक, अल्सर, आन्द्रा तथा पेटको क्यान्सर, इरिटेबल बवेल सिन्ड्राम, एसिडीटी, एपेन्डीसाइटिस, अपच, गुदद्वार खस्नु, डकार आउनु, चाया, पोतो, डन्डीफोर, आउनु, जोर्नी दुख्नु, हड्डी खिइनु, सुन्निएर विकृत हुनु जस्ता समस्या आउँछ । मानसिक समस्या जस्तैः डर, चिन्ता, खिन्नता, उदासिनता, अनिद्रा, यौनशक्तिको क्षय, प्रतिरक्षा प्रणालीको कार्यक्षमता गडबड हुनु, सर्दीले सताइ रहनु, ज्वरो, खोकी बल्भ्किरहनु, मांसपेसी तथा नसा-नाडीहरु कमजोर हुनु, अन्तश्रावी ग्रन्थीहरुको कार्य सुचारु नभएर हार्मोनको मात्रा घटवड भइरहनु लगायत समस्या पनि आउँछ । कोलेस्टेरोल, युरिक एसिड आदि रगतमा हुने तत्वहरू घटबढ भइरहनु, रक्तअल्पताको समस्या देखापर्नु, महत्वपूर्ण अंगहरूको कार्यक्षमता घट्न जस्ता रोग देखिन सक्छ ।

लक्षणहरु

  • दिसा त्यागको प्राकृतिक आवृत्तिमा विलम्ब हुनु ।
  • दिसा त्याग गर्न बल लगाउनुपर्ने अवस्था आउनु ।
  • दिसा कोमल नभएर गोटा पर्नु ।
  • पेट भारी हुनु वा दुख्नु, भोक नलाग्नु मुख बिग्रिनु ।
  • रिंगटा लाग्नु, तिघ्राको पछाडिपट्टिको मांशपेशी दुख्नु, टाउको दुख्नु छात्ती पोल्नु र थाकेको महसुस हुनु ।-एजेन्सीको सहयोगमा