१३ बैशाख २०८१, बिहिबार

यदि तपाई शौचालयमा मोबाइल प्रयोग गर्नुहुन्छ भने आजैदेखि चलाउन छोड्नुहोस्


आजकल मोबाइल फोन दैनिक जीवनको अभिन्न अंग भएको छ । त्यसमा पनि मानिसहरु सुत्दा, उठ्दा, हिड्दा पनि प्रयोग गरिन्छ । यस बिषयमा भन्दा पनि शौचालयमा शौचका समयमा लगेर चलाइन्छ । तर यसो न गर्नुहोस् किनकी स्वास्थ्यको लागि यो निकै हानीकारक सावित हुन सक्छ । सामान्य अर्थमा के हुन्छ र भन्ने पनि लाग्छ तर एक पटक सोच्नु आवश्यक छ । शौचालयमा दुषित हावा फैलने ठाउँ हो । त्यसमा पनि तपाइले मोवाइल हातमा जुनसुकै बेला खेलाउने सामग्री हो । तर तपाइले उक्त मोबाइलमा शौचालयमा देखिनै बिभिन्न रोग सर्ने ब्याक्टेरिया सारेर ल्याउनुभएको छ भने तपाईको मोबाइल तपाईको स्वास्थ्यको लागि हानिकारक भयो कि भएन ?

कतिपय मान्छेहरु शौच गरिहेको बेलामा पनि मोबाइलमा गेम खेल्ने तथा तथा च्याट गर्ने गर्छन । जब तपाई शौचालयमा फ्लस गर्नुहुन्छ तब पानीसँगै पिसाब र अन्य फोहोर पदार्थका कणहरु ६ फिट माथिसम्म उड्दछन् । जुन हावामा फैलँदा तपाईलाई रोग लाग्ने सम्भावना निकै प्रवल रहन्छ । त्यसमा पनि किटाणुहरु मोबाइलमा टासिएर बस्छन् । शैच पछी तपाईले तपाईको हात त साबुन पानीले धुनुहोला तर मोबाइल धुन मिल्दैन । जुन तपाईले पछी हातले समाउनु हुन्छ र तपाईको मुखसम्म प्रवेस गर्छ । अझ शौचालयमा राखिने ट्वाइलेट पेपर होल्डरमा सबैभन्दा धेरै किटाणुहरु रहेका हुन्छन् । तर धेरै मानिसले सोही पेपर होल्डरमा आफ्नो फोन राखिन्छ वा कुनैपनि स्थानमा राख्छन । तपाइले मोबाइल राखेको ठाउँमा रोगका किटाणुहरु टासिएर रहेका हुन्छन । बिज्ञहरुका अनुसार शौचालयमा फोन लैजानाले इकोली, साल्मोनेला टाइफी, डिफिसाइल जस्ता ब्याक्टेरियाहरु फोनमा टाँसिन्छन् । फोनमा टाँसिएर आएका ती किटाणुहरुबाट मानिसमा धेरै खालका संक्रमण हुने जोखिम हुन्छ ।-एजेन्सी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !