८ बैशाख २०८१, शनिबार

यसरी थाहा पाउनुस् मिर्गौलामा पत्थरी भएको छ की छैन ?


मिर्गौलाले शरीरका हानीकारण पदार्थलाई वाहिर फ्याक्ने र काम लाग्ने तत्वहरुलाई विभिन्न सम्बन्धित अंगमा पठाउने काम गर्छ । मिर्गौलामा हुने पत्थरी मानिसहरुको कमन समस्या जस्तै भएको छ । पत्थरीको समस्या लिएर अस्पताल आउने बिरामीको संख्या बढ्दै गएको छ ।अस्वस्थ्यकर जीवनशैली र असन्तुलित खानपानका कारण मानिसहरुमा पत्थरीको समस्या बढ्दै गएको छ । पछिल्लो समय मिर्गौलामा पत्थरी भएका बिरामीहरु बढ्दै गएको चिकित्सकहरु बताउँछन् । मिर्गौलामा पत्थरी हुनुको निश्चित कारण हुँदैन । हावापानी तथा वातावरणको प्रभावले पनि मिर्गौलामा पत्थरी हुनसक्छ । तपाईको परिवारमा कुनै सदस्यालाई मिर्गौलामा पत्थरी भएको छ भने तपाईमा पनि पत्थरी हुने सम्भावन हुन्छ । मिर्गौलामा पत्थरी भएमा पिसाब नलीमा विभिन्न फोहोर अड्किन थाल्छ । जसले गर्दा थप संक्रमण देखा पर्छ र मिर्गौला नै फेल हुन जान्छ । जसले गर्दा मुटुलगायत शरिरका अन्य भागमा समेत गम्भीर असर पुग्छ ।

मिर्गौलामा पत्थरी हुने कारण

नुनको बढी सेवन गर्ने बानी छ भने त्यसलाई परिवर्तन गर्नुस् । नुनको बढी प्रयोग गर्दा पत्थरी बन्ने प्रक्रिया छिटो हुन्छ ।

मोटोपनको समस्या

  • अत्याधिका मात्रामा माछा मासु र गेडागुडीको सेवन गर्ने व्यक्तिमा प्रोटिन बढी भइ पत्थरी हुनसक्छ ।
  • विभिन्न खालका औषधीको सेवनलेसमेत पत्थरीको समस्या हुन्छ । जस्तो की थाइराइड, क्याल्सीयमजस्ताको अत्याधिक औषधी सेवनले पत्थरीको समस्या निम्त्याउँछ ।
  • शरिरमा हुने विभिन्न खालका संक्रमणका कारण पनि पत्थरी हुनसक्छ ।
  • पानी कम पीउने मानिसमा पत्थरी हुने जोखिम हुन्छ ।
  • बढी मात्रामा पालुङ्गोको साग प्रयोग गर्दा पनि मिर्गौलामा पत्थरीको समस्या देखिन सक्छ ।

गर्मीमा मिर्गौलामा पत्थरी हुने सम्भावना बढी

गर्मी मौसममा बस्ने मानिसलाई पत्थरीको समस्या बढी हुन्छ । गर्मीका कारण मानिसको शरीरबाट धेरै पसिना बग्छ । शरीरमा पानीको कमी भएमा पिसावबाट विकार पदार्थ निस्कन पाउँदैन । जुन मिर्गौला मै थिग्रिएर बस्छ र पत्थरको रुपमा विकास हुन्छ ।

पत्थरी भएको कसरी थाहा पाउने ?

  • पत्थरीको समस्या भएमा कोखा, ढाड, तल्लो पेटमा अत्याधिक पीडा हुन्छ ।
  • पिसाब फेर्न गाह्रो हुन्छ ।
  • पिसाबमा रगतसमेत देखा पर्न थाल्छ ।
  • ज्वरो आउँछ
  • वाकवाक लाग्छ ।
  • वान्ता हुने लगायतका लक्षणहरु देखिन्छ ।-एजेन्सी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !