६ जेष्ठ २०८१, आइतबार

युवा अवस्थामा हार्ट अट्याकको कारण


heart attack

हार्ट अट्याक मुटुसँग जोडिएको गम्भीर बिमारी हो । खास गरेर यो बिमारीलाई पाको उमेरको बिमारी भनिन्छ । विशेष गरेर ५० वर्ष भन्दा बढी उमरे भएपछि हुने बिमारी हो । तर हालैका केही वर्षमा युवाको मृत्युको कारण हार्ट अट्याक भएको सुन्न थालिएको छ र यसको संख्या बढ्दो छ । युवा अवस्थामा हार्ट अट्याकको प्रमुख कारण जेनेटिक हो तर हाम्रो खराब जिवनशैलीको कारण यो रोग बढ्दो क्रममा देखिन्छ ।

युवावस्थामा हार्ट अट्याकका कारणहरू

जीवनशैली

आजकाल हाम्रो जीवनशैली नै सबभन्दा ठूलो रोगको कारण बनेको छ । बसेर काम गर्ने आदत, जंक फुडस्, फास्ट फुड्स, अनियमित निन्द्रा, मध्यपान र धुम्रपान आदीको कारणले आज हजारौं युवा हर्ट अट्याकको शिकार भएका छन् । यी मध्ये कतिलाई त यति गम्भिर किसिमको हार्ट अट्याक हुन्छ कि उचित उपचार पाउनु भन्दा पहिला नै मृत्यु हुन्छ । कम उमेरमा हार्ट अट्याकको कारण जेनेटिक हुन्छ तर हाम्रो खराब जीवनशैलीले यसको सम्भावना बढाइदिन्छ ।

चुरोटको लत

धुम्रपान हाम्रो शरीरको लागि अति नै खराब हुन्छ । यसले मायोकार्डियल इंफार्कशन र हर्ट अट्याकको खतरा कयौं गुणा बढेर जान्छ । यदि तपाईंको चुरोट पिउने बानी छ भने सकेसम्म छिटो यो बानीलाई छोड्नुस् । धुम्रपान मुटुको लागि पनि खराब हुन्छ यसले हाम्रो शरीरमा अक्सिजनको मुभमेन्टमा नकारात्मक असर गर्छ । साथै यसले हाम्रो धमनीमा कोलेस्ट्रको मात्रा पनि बढाउँछ । स्मोकिङ र अल्कोहल युवामा कोलेस्ट्रलाई खतरनाक लेभल सम्म पुग्ने सबभन्दा ठूलो कारण हो । केवल स्मोकिङगको कारणले नै २२ पर्सेन्ट कार्डियो भास्कुलर बिमारी हुन्छ र यसको अलावा क्यान्सर र क्रोनिक रेस्पीरेटरी रोगको खतरा छुट्टै हुन्छ । मध्यपानले मुटुको मांशपेशीलाई स्थायी रूपले कमजोर बनाउँछ ।

टेन्शन र डिप्रेशन

मुटुको रोगमा तनाव र डिप्रेशन खतरनाक हुन्छ । डिप्रेशनको कारणले मुटुको रोगले एक गम्भीर रूप लिन सक्छ । एक खोजको अनुसार हर्ट अट्याकका हरेक ५ मा एक बिमारीलाई गम्भीर प्रकतिको डिप्रेशन भएको हुन्छ । अमेरिकन हार्ट एशोशिएशनको अनुसार रिस, चिडचिडापन र दुश्मनीको रूपमा नकारात्मक भावनाले रक्तचापलाई बढाउँछ । डिप्रेशनले ग्रसित व्यक्तिलाई हर्ट अट्याक हुने सम्भावना सामान्य व्यक्तिको तुलनामा चार गुणा बढी हुन्छ ।

शारीरिक मेहनतको कमी

हाम्रो शरीरको लागि खानाको जरूरत जति हुन्छ खानाबाट निस्किने उर्जालाई सदुपयोग गर्नु पनि उतीकै महत्वको विषय हो । स्वस्थ मुटुको लागि दिनभरमा ५०० देखि ९५० क्यालोरी जलाउनको लागि पर्याप्त शारीरिक गतिविधिको आवश्यकता हुन्छ । यदि हामी शारीरिक रूपले कम सक्रिय छौं भने यस्तोमा हार्ट अट्याक हुने सम्भावना बढी हुन्छ । यसैले नियमित व्यायाम गर्नुस्, लिफ्टको सट्टामा सिंढीको प्रयोग गर्नुस् र आउट डोर गेम खेल्नुस् ।

मोटोपन बढ्नु

यदि हार्ट अट्याकबाट बच्नु छ भने आफूलाई मोटोपन हुनबाट बचाउनुस् । मोटोपन हाम्रो गलत खानपान र हाम्रो गलत जीवनशैलीको कारण हुने हो । अमेरिकन हार्ट एशोशिएशनको अनुसार मोटोपनले उच्च कोलेस्ट्रोल, उच्च रक्तचाप र इन्सिुलिन रेजिन्सटेन्सलाई नेतृत्व गर्छ । यसले मुटुको रोगको समस्या बढेर जान्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !