१५ बैशाख २०८१, शनिबार

सुत्नुअघि नुहाउदाको फाइदाहरु


nuhaaune

दिनभरको थकानपछि रातको समयमा राम्रो निन्द्रा निकै आवश्यक छ । तर धेरै थकानले पनि निद्रा खल्बलिन सक्छ । यस्तो अवस्थामा राम्रोसँग निद्रा चाहिन्छ । निद्रा कसरी राम्रो बनाउने, थाहा पाउनुस् । तातोपानीले नुहाउँदा रक्तसन्चार सुरुमा केही बढी हुन्छ, तर पछि मन्द हुन्छ । तर चिसो पानीले नुहाउँदा रक्तसन्चार सुरुमा मन्द र पछि केही बढी हुन्छ । त्यसैले चिसो पानीले नुहाउनु अझ राम्रो हुन्छ । आयुर्वेदका अनुसार पनि चिसो पानीले दिमागलाई ठण्डा बनाएर राख्न मद्धत गर्छ । यदि दिन चिसो पानीले नुहाएर सुरु हुन्छ भने दिनभर नै ताजा महसुस हुन्छ । यसका अलावा शारीरिक सौन्दर्य पनि कायम रहन्छ । राती सुत्नुभन्दा एक घण्टा अघि नुहाउनुका धेरै फाइदा छन् । तर तपाईलाई चिसो अत्याधिक लाग्छ भने तातो पानीले नुहाउन सकिन्छ ।

१. राम्रो निन्द्रा पर्छ
राती सुत्नुअघि नुहाउनाले दिनभरको थकानबाट ताजा महसुस हुन्छ र राम्रो निन्द्रा लाग्छ । नुहाउँदा यदि सुगन्धित तेल प्रयोग गर्ने हो भने त झन् राम्रोसँग निन्द्रा लाग्छ । साथै अलग हिसाबको शान्तिको अनुभव हुन्छ । सुत्नुअघि चिसो पानीले नुहाउनाले शरीरको तापमान ठीक रहन्छ । तातो पानीले नुहाउनु हुन्छ भने पनि फाइदा नै गर्छ । तातो पानीले मांसपेशीलाई आराम दिन्छ ।

२. मोटोपना कम हुन्छ
शरीरमा दुई खालको चिल्लो हुन्छ । पहिलो– ह्वाइट फ्याट, यो शरीरका लागि हानिकारक हुन्छ भने अर्को ब्राउन फ्याट शरीरका लागि फाइदाजनक हुन्छ । ह्वाइट फ्याट खानाबाट प्राप्त हुन्छ र शरीरको कयौं भागमा जम्मा हुन्छ । विज्ञका अनुसार जब हामी चिसो या तातो पानीले नुहाउँछौं, क्यालोरी खपत हुन्छ र सजिलै तौल कम गर्न सक्छौं ।

३. छालामा आउँछ चमक
छाला विशेषज्ञका अनुसार चिसो पानीले नुहाउनाले कपाल राम्रो हुन्छ र छाला चमकदार बन्छ । यदि तपाई डन्डीफोरबाट पीडित हुनुहुन्छ भने चिसो पानीले नुहाउनुपर्छ । यसबाट छाला रुखो हुनबाट बच्छ । तातो पानीले छालाको रोमछिद्र खुल्छ ।

४. प्रतिरोधी क्षमता बढ्छ
चिसोपानीले शरीरलाई पनि सुदृढ बनाउँछ । चिसो पानीले नुहाउनाले रोगप्रतिरोधी क्षमता बढ्छ । रक्त सन्चार राम्रो हुन्छ । रोगप्रतिरोधी बढ्दा शरीरमा सेतो रक्तकोषिकाहरु पनि बढ्छन् । यसबाट धेरै रोगबाट लड्न मद्धत हुन्छ र बिरामी हुनेसम्भावना पनि कम हुन्छ । तातो पानीले नुहाउँदा माइग्रेनको समस्या पनि हट्छ ।

५. मुड फ्रेस हुन्छ
एक अध्ययनले नुहाउँदा मुड फ्रेस हुने देखाएको छ । अल्छीपना हटाउने यो सबैभन्दा राम्रो तरिका हो । चिसो पानीले नुहाउँदा मुटुको चाल बढ्छ र शरीरको रक्तसन्चार पनि बढ्छ । यसबाट ताजा महसुस गर्न सकिन्छ ।

६. उच्च रक्तचापमा कमी
ज्वरो आएको समयमा तातोपानीले नुहाउँदा पसिना आउँछ र शरीर चाँडै चिसो हुन्छ । तातोपानीले साइनस र रुघाबाट पनि आराम मिल्छ । तातोपानीले भरिएको टबमा दिनहुँ १५ मिनेट नुहाउनाले उच्च रक्तचापमा कमी आउँछ ।

७. ब्लड सुगरमा नियन्त्रण
अमेरिकन डाइबिटिक एशोसियसनका अनुसार तातोपानीमा नुहाउनाले ब्लड सुगरको स्तर कम हुन्छ । यसले टाइप टु डाइबिटिजबाट पीडितहरुलाई फाइदा हुन्छ । तातोपानीले रक्त सन्चार बढ्छ र सुगरको स्तर नियन्त्रण हुन्छ । यसले राती राम्रो निन्द्रा पनि आउँछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !