३ आश्विन २०८१, बिहीबार

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम सन्तोषजनक छैन : पर्यटनमन्त्री


असोज २५, काठमाडौँ । पर्यटनमन्त्री जितेन्द्रनारायण देवले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम सन्तोषजनकरुपमा अघि नबढेको बताएका छन् । व्यवस्थापिका–संसदअन्तर्गतको सार्वजनिक लेखा समितिको बुधबार सिंहदरबारमा बसेको बैठकमा मन्त्री देवले विमानस्थल निर्माणका लागि चिनियाँ ठेकेदार कम्पनी र नेपाली कम्पनीबीच समन्वय नहुँदा समस्या उत्पन्न भएको बताए ।

उनले विमानस्थलको काम अघि बढाउन मन्त्रालयले सरोकारवाला पक्षसँग गम्भीररुपमा वार्ता गरिरहेको जानकारी दिए । उनले चिनियाँ ठेकेदार कम्पनी र नेपाली कम्पनीबीच भएको सम्झौता कार्यान्वयन नभएसम्म विमानस्थल निर्माणको काम अघि बढ्न नसक्ने बताए ।

हाल विमानस्थलमा ८० जना कामदार रहेको भन्दै उनले कामदारको संख्या बढाउन दुवै कम्पनीलाई निर्देशन दिइसकिएको जानकारी दिए । समितिले विमानस्थलको कामलाई अविलम्ब सुचारु गर्न र ठेकेदार कम्पनीका माग सम्बोधन गर्न निर्देशन दिएको छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !