५ जेष्ठ २०८१, शनिबार

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या नाघ्यो ५० हजार


अमेरिकामा कोरोनाबाट मृत्यु

एजेन्सी, १२ वैशाख । अमेरिकामा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या ५० हजारको नाघेको छ । वर्ल्डओमिटर्स डट इन्फोकाको तथ्यांक अनुसार अमेरिकामा अहिले नेपाली समय १२:३० बजेसम्म कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ५० हजार २ सय ४३ पुगेको छ ।

त्यस्तै अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या ८ लाख ८६ हजार ७ सय ९ पुगेको छ भने ८५ हजार ९ सय २२ जना निको भएका छन् । १४ हजार ९ सय ९७ जना कोरोनावाट सिकिस्त बिरामी परेका छन् । साथै अहिलेसम्म अमेरिकामा ४७ लाख ७५ हजार ६ सय २५ जनाको कोरोना परीक्षण पनि भईसकेको छ ।

अमेरिकामा कोरोनाबाट मृत्यु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !