९ आश्विन २०८१, बुधबार

प्रधानमन्त्रीको नयाँ मिर्गौलाका लागि दुई जना फेला


१२ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको लागि नयाँ मिर्गौला दिनका लागि नयाँ मिर्गौला दिने नातेदारको स्वास्थ्य परीक्षण भइरहेको छ । पेटको आकिस्मक शल्यक्रियापछि मिर्गौलाको दोस्रो प्रत्यारोपण केही पर धकेलिए पनि त्यसका निम्ति दाताहरु खोजिसकिएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

नयाँ दिल्लीको इन्द्रप्रस्थ अपोलो अस्पतालमा १२ वर्षअघि प्रत्यारोपित मिर्गौलालाई शरीरले रिजेक्ट गरेसँगै प्रधानमन्त्री ओली नयाँ प्रत्यारोपण गर्ने निर्णयमा पुगेपछि सम्भावित दाता खोज्न थालिएको थियो ।

त्यसक्रममा प्रधानमन्त्री ओलीको ससुरालीतर्फबाट नाता पर्ने एकजना र घरतर्फबाट नाता पर्ने एक जना गरी दुई महिलाको विस्तृत स्वास्थ्य परीक्षण भइरहेको छ । स्रोतका अनुसार ससुरालीतर्फबाट नाता पर्ने ललितपुरकी महिला ५० वर्ष उमेर काटेकी छन् भने घरतर्फ नाता पर्ने झापाकी युवती ३५ वर्षमूनिकी छिन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !