७ जेष्ठ २०८१, सोमबार

विमानस्थल तोडफोड गर्ने राजपाका सांसद साह अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ


२८ असोज, काठमाडौं । काठमाडौंबाट ओखलढुंगा जाँदै गरेका राष्ट्रिय जनता पार्टी (राजपा)का सांसद प्रमोद साह पक्राउ परेका छन् । सांसद साहलाई जनकपुर विमानस्थलमा अवस्थित बुद्ध एयरको काउन्टर तोडफोड गरेको आरोपमा महानगरीय अपराध अनुसन्धान महाशाखाका विशेष टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार पक्राउ गरेको हो ।

उपचारका लागि काठमाडौं हिँडेका एक वृद्धको स्वास्थ्य अवस्था नाजुक देखिपछि आक्रोशित भएर सांसद साहले सोमबार बुद्ध एयरको काउण्टर तथा भीआईपी क्षेत्रमा समेत तोडफोड तोडफोड गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !