१५ असार २०८१, शनिबार

बन्धक बनाइएका १० जनाको बंगलादेशी प्रहरीद्वारा उद्दार


Dhaka

असार १८, २०७३- बंगलादेशी प्रहरीले राजधानी ढाकास्थित रेष्टुरेन्टलाई नियन्त्रणमा लिएर इस्लामिक इस्टेटद्वारा बन्धक बनाइएकामध्ये १० जनाको उद्दार गरेको छ । बन्धुकधारीले शुक्रबार ढाकास्थित एक रेष्टुरेन्टमा कम्तिमा २० जनालाई बन्धक बनाएका थिए ।

बन्धक बनाइएकाहरुलाई मुक्त गर्ने क्रममा २ जना प्रहरीको मृत्यु भएको छ । बढीजसो कुटनीतिक नियोगका कर्मचारी र विदेशी जम्मा हुने ढाकास्थित रेष्टुरेन्ट बन्धुकधारीले नियन्त्रणमा लिएर त्यहाँ भएकाहरुहरुलाई बन्धक बनाएका थिए ।

घटनास्थलमा भएका एक प्रहरीका अनुसार प्रहरी घटनास्थल छिर्दा बन्धुकधारीहरुले गोली र ग्रिनेड प्रहार गरेका थिए ।

टेलिभिजन दृश्यमा देखिएअनुसार घटनास्थलबाट बाहिरिएका थुप्रै प्रहरीको लुगा र मुहारमा रगत लागेको छ । रेष्टुरेन्टको वरपर धेरै संख्यामा प्रहरी परिचालन भएको देखिन्छ ।
रेष्टुरेन्टमा बन्धक बनाइएका अन्य व्यक्तिहरुको परिचय खुलिसकेको छैन् ।

बंगलादेशी प्रहरीको र्‍यापिड एक्सन बटालियनका सहायक निर्देशक मिजानुर रहमान भुइयानका अनुसार प्रहरीले रेष्टुरेन्टमा कारकाही सुरु गर्दा एक जापानी बन्धुकधारीको नियन्त्रणबाट भागेका थिए ।

घटनाको जिम्मेवारी लिएको इस्लामिक इस्टेटले जारी गरेको तस्बिर अनुसार प्रहरीले रेष्टुरेन्टभित्र ८–९ बन्धुकधारी रहेको अनुमान गरेको छ ।

http://bit.ly/29ctrOa


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !