११ पुस २०८१, बिहीबार

नेपाललाई हिन्दू राष्ट्र कायम गर्न विश्व हिन्दू महासङ्घको माग


विश्व हिन्दू महासंघ

अर्घाखाँची । विश्व हिन्दू महासङ्घ जिल्ला कार्य समितिले नेपाललाई हिन्दू राष्ट्र कायम गर्न माग गरेको छ ।

महासङ्घले आज आयोजना गरेको हिन्दू धर्मसम्बन्धी अन्तक्र्रियामा विश्व हिन्दू महासङ्घका केन्द्रीय उपाध्यक्ष दधिराम शर्माले नेपाललाई हिन्दू राष्ट्र कायम गर्न सबै लाग्नुपर्ने बताए । उनले हिन्दू राष्ट्र घोषणा हुन नसके नेपालकै अस्तित्व खतरामा रहेको जिकीर गरे ।

विश्व हिन्दू महासङ्घका केन्द्रीय सचिव पुनाराम पोख्रेलले विद्यालयस्तरमा संस्कृत शिक्षा अनिवार्य गर्नुपर्ने बताए । संस्कृत भाषा विश्वको मुख्य र पुरानो भाषा हुँदा पनि यसको महत्त्व नेपालले बुझ्न नसकेको उनको टिप्पणी थियो ।

कार्यक्रममा विश्व हिन्दू महासङ्घका केन्द्रीय सदस्य लोकनाथ पाण्डे, प्रदेश सचिव कमलकान्त पौडेल हिन्दू धर्म रक्षा परिषद् नेपाल केन्द्रीय अध्यक्ष नारायण खनाललगायतले देशलाई हिन्दु राष्ट्र कायम गर्नुपर्नेमा जोड दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !