१७ असार २०८१, सोमबार

ऐनकानून छिटो बन्छन् : अध्यक्ष तिमिल्सिना


Ganesh_timilsina

२१ जेठ, बागलुङ । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले संविधानको पूर्ण कार्यान्वयनका लागि ऐनकानून छिट्टै बन्ने बताउनुभएको छ ।

नेपाल पत्रकार महासंघ बागलुङले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले संसद्मा विधेयक र बजेटमाथिको छलफल एकसाथ चलिरहेकाले प्रदेश र स्थानीय तहलाई आवश्यक पर्ने कानून छिट्टै निर्माण हुने उल्लेख गर्नुभयो । आजै अध्यक्ष तिमिल्सिनालाई बागलुङ नगरपालिकाले सम्मान गरेको छ । सो अवसरमा उहाँले भगवत सर्वजीत विश्वकर्मा प्रतिष्ठान बागलुङले प्रकाशन गरेको स्मारिका ‘भगत सर्वजित’ को विमोचन गर्नुभयो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !