५ जेष्ठ २०८१, शनिबार

सुरक्षा व्यवस्थापन चुस्त बनाउन निर्देशन


Press Meet Badal

९ जेठ,  धनगढी । गृहमन्त्री रामबहादुर थापाले शान्तिसुरक्षाको व्यवस्था चुस्त एवं दुरुस्त बनाउन सुरक्षा अधिकारीलाई निर्देशन दिनुभएको छ ।

यहाँ आज आयोजित प्रदेश नं ७ स्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै गृहमन्त्री थापाले भन्नुभयो, “विकास र समृद्धिका लागि शान्ति अपरिहार्य रहेकाले शान्ति स्थापना र अमनचयन कायम गर्न कुनै कसर बाँकी राख्नु हँुदैन ।

तस्कर, गुुण्डा, डन र भ्रष्टाचारीको सूची तयार पारी कारवाही गर्नसमेत गृहमन्त्रीले निर्देशन दिनुभयो । सुरक्षा गोष्ठीमा प्रदेश नं ७ का प्रजिअले आ–आफ्नो जिल्लाको सुरक्षा व्यवस्थाबारे प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !