-शोभा काफ्ले खतिवडा
म हिमाल पनि लेखौ अव पहाड पनि म नै कोरौँ !
अनि मेरो छाती भरी विशाल तराईलाई समेटौँ !!
मिलेर विकासको हामी अव एक पिपल उमारौँ !
विकास र समृद्दिको फल लटरम्म त्यसमा फलाऔँ !!
म हिमाली यो सुन्दर देशको हिमवतखण्ड अव खोजौँ !
हिजोको हाम्रो त्योअसल सद्दभाव आज दिलमा रोपौँ !!
छिमेकीसित पनि कुटनीतिक सम्वन्ध बलियो बनाऔँ सँधा !
तर यो देशको सीमाना कुनै कतै पनि नगुमाउँ है सँधा !!
देश जलले यति समृद्द छ जलको खेती गरौँ हामी !
पर्यटनले समृद्द देशमा पर्यटक लाखौँ बोलाऔँ अनि !!
हिमाल,पहाड अनि तराईका जैविक औषधी मिलेर खोजौँ !
देशको भूमि अन्न र फलफूल रोपेर समृद्द हामी मिली पारौँ !!
म समृद्द देशको एक कथा पनि सुन्दर एक लेखौँ !
विकास होस यो मेरो देशको सपना लाखौँ देखौँ !!
न कलहमा बितोस है कुनै पनि पलहरु मेरा !
केवल म यो प्यारो देशमा अव सद्दभाव मात्र रोपौँ !!
यो हिमाल झैँ उठेको हाम्रो यो शिरको स्वाभिमानलाई !
पराइको खोटो मुल्याड्कनले सानो पार्न नखोजौँ !!
न त हिजो कतै झुक्यो हाम्रो स्वाभिमान यो !
आज नि हाम्रो सुन्दर स्वाभिमान आफैँ मिली जोगाऔँ !!
संस्कृतिले संमृद्द यस्तो सुन्दर देशको !
कला अनि दुर्लभ संस्कृतिको पहिचान जगतमा गराऔँ !!
कुटनीति ज्ञानलाई अव हामी शिक्षित र सभ्य बनाऔँ !
देशको इज्जत बढाउने असल काम मात्र हरपल गरौँ !!
छिमेकसित भेटौँ सद्दभाव हाम्रो असल राखौँ !
तर देशको यस्तो स्वाभिमान झुक्न कहिले नदिऔँ !!
तिम्रो सम्मान हाम्रो पनि महाँ सम्मान हो यो कुरा बुझौँ !
तिम्रो मान हामी नेपालीको अभिमान हो मनन गरौँ !!
यसैले नगुमोस तिम्रो हाम्रो महाँ सम्मान !
कार्यन्वयन होस देश यथासिघ्र देश समृद्दिको हरेक काम !!
*शोभा काफ्ले खतिवडा लेखक, साहित्यकार, सामाजिक अभियन्ता तथा श्री शान्ति विद्यागृह उच्च मा. वि. लैनचौर; काठमाण्डौकी शिक्षिका हुनुहुन्छ । उहाँका राष्ट्रिय भावनाले ओतप्रोत भएका उत्कृष्ठ रचनाहरुले सच्चा देशभक्त नेपालीको मन जितेका छन । उहाँले साहित्यको माध्यमवाट देशको राष्ट्रियता, सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाभिमानको विषयमा निरन्तर कलम चलाउदै आउनु भएकी राष्ट्रिय कवयत्री हुनुहुन्छ ।