१६ असार २०८१, आइतबार

प्रधानमन्त्री ओलीविरुद्ध सर्वाेच्चमा रिट दायर


kepi oli

२३ फागुन, काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध सर्वाेच्चमा रिट दायर भएको छ । सपथ नलिई संसदले नचिन्ने र त्यस्ता व्यक्ति प्रधानमन्त्री बन्न नसक्ने भन्दै अधिवक्ता यज्ञमणी न्यौपानेले बुधबार रिट दायर गरेका हुन् ।
मुद्दाको रिटमाथि आउँदो शुक्रबारका लागि पेसी तोकिएको छ ।

एमाले अध्यक्ष समेत रहेका ओलीसहित प्रतिनिधिसभा र राष्ट्रियसभाका सबै सांसदहरुले फागुन २० गते शपथ लिएको भएतापनि फागुन ३ गते शेरबहादुर देउवाले राजिनामा दिएलगत्तै सोही दिन ओली प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

प्रधानमन्त्री बनेकै दिन दुई जना मन्त्री थपेका प्रधानमन्त्री ओलीले फागुन १४ गते ४ मन्त्री थेका थिए । तर सरकारले अझै पुर्णता पाउन सकेको छैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !