१३ आश्विन २०८१, आइतबार

विमानस्थलमै गोली हानाहान, २० को मृत्यु


airplane

एजेन्सी २ माघ, लिबियाको राजधानी त्रिपोली नजिकै रहेको एक अन्तराष्ट्रिय विमानस्थलमा बन्दुकधारी लडाकु समूह र सरकारी सुरक्षाफौँजबीच भएको झडपमा २० जनाको मृत्यु भएको छ । उक्त दोहोरो भिडन्तमा ६३ जना घाइते भएका छन् ।

जेलमा रहेका आफ्ना समर्थकलाई छुटाउन लडाकूहरुले विमानस्थलमा आक्रमण गरेपछि सरकारी पक्ष र आक्रमणकारी पक्षबीच झडप भएको सरकारी अधिकारीले बताएका छन् । झडपका क्रममा भएको गोलाबारीमा परी ६ वटा विमान प्रभावित भएको जनाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !