१२ श्रावण २०८१, शनिबार

संखुवासभामा विप्लव समूह र प्रहरीबीच दोहोरो गोली हानाहान


संखुवासभामा विप्लव समूह र प्रहरीबीच दोहोरो गोली हानाहान

काठमाडौं । संखुवासभामा नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूह र नेपाल प्रहरीबीच गोली हानाहान भएको छ । चैनपुर-४ मैदानेमा विप्लव समूहका कार्यकर्ताले प्रहरीलाई लक्षित गरेर फायरिङ गरेपछि प्रहरीले जवाफी फायरिङ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय संखुवासभा स्रोतका अनुसार विप्लव समूहका कार्यकर्ताले ५ राउण्ड गोली चलाएका छन् भने प्रहरीले करिब २० राउण्ड फायर गरेको छ । प्रहरी स्रोतका अनुसार विप्लव समूहका जिल्ला इञ्चार्ज उत्तर कुमार भनिने युवराज राई सहितका व्यक्ति मैदानेको एक घरमा लुकेर बसेको भन्ने सूचना पाएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली त्यसतर्फ गएको थियो ।

२०७७ मंसिर १ मा पनि चैनपुरस्थित मैदानेमा विप्लव समूहले प्रहरीलाई लक्षित गरेर फायरिङ गरेका थिए । आज सोही ठाउँमा फेरि गोली हानाहान भएको हो । २०७६ असार १६ मा पनि संखुवासभाको सिलिङचोङ गाउँपालिका-१ मा प्रहरीको गस्ती टोलीलाई लक्षित गरेर विप्लव समूहले गोली हानेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !