१२ असार २०८१, बुधबार

भ्रष्टचार गर्ने कम्युनिष्टलाई एकै ठाँउमा मिसाएर नेपालमा एउटा बैकल्पिक शक्ति बन्न सक्दैन – डा. भट्टराई


कार्तिक १४, काठमाडौँ | नयाँ शक्ति पार्टीका संयोजक तथा पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले स्टालिङ कम्युनिष्टलाई एक ठाँउमा मिसाएर नेपालमा एउटा बैकल्पिक शक्ति बन्न नसक्ने दाबी गरेका छन ।नेपाल प्रेस सोसाईटी कास्कीले मंगलबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै संयोजक डा. भट्टराईले माक्सवादी र भौतिकबादलाई आफुले विश्वास गरे पनि विकृत र भ्रष्टिकरण भएको कम्युनिष्टको नाममा भ्रष्टचार गर्ने, अनिगिन्ती श्रृखला कायम राखेर कम्युनिष्टलाई एक ठाँउमा मिसाएर नेपालमा एउटा बैकल्पिक शक्ति बन्न नसक्ने दाबी गरेका हुन।

नयाँ समाजवादी लोकतान्त्रीक धारमा जान खोज्दा दुई कम्युनिष्टले पुरानै ढाँचामा जान खोजेको, चुनावी चिन्हः पनि साझा चिन्हःको खोजि गरौं भन्दा नमानेको, फोरम र नयाँ शक्तिलाई बाहिर राखेर दुई पार्टीले कम्यिुनिष्ट केन्द्र बनाउने एउटा सोच भएकोले गर्दा पनि आफु बामएकताबाट बाहिरिएको संयोजक डा. भट्टराईले बताए । उनले भने “पुराना ठुला पार्टी एकै ठाँउमा आउदैमा ठुलो पार्टी बन्दैन, हाल कांग्रेससंग हामीले चुनावी तालमेल मात्र गरेका हौं कुनै गठवन्दन होईन ।” समाजवाद र लोकतान्त्रीक ढंगले अघि बढ्न खोज्दा पुराना कम्यिुनिष्टहरु धङधङी भएर हिडेकोले कम्युनिष्ट वामएकताबाट आफ्नो पार्टीको अस्तित्वको लागि बाहिरिएको उनले प्रष्ट्याए ।

उनले अंक गणितिय भाषामा भने जसरी माईनस माईनस जोडेर प्लस हुदैन ठुलो माइनस हुन्छ, त्यसरी नै कम्युनिष्ट पार्टीहरुको साईजमा आकार ठुलो हुन्छ, तर माइनल वान माईनस वान जोड्दा माईनस टु हुन्छ, तर हामीले त प्लस वान, प्लस वान चारवटा जोडेर प्लस फोर बनाउन खोजेका थियौं तर उहाँहरुले माईनस टु माईनस टु जोडेर माईनस फोर बनाउनु भयो त्यसैले यसले हित गर्दैन त्यसैले पनि हामी बाहिरिएका हौं । ” वामलोकतान्त्रीक शक्ति निमार्ण गरेर मात्र देशमा नयाँ बैकल्पिक शाक्ति निमार्ण गर्न सक्ने बताएका संयोजक डा. भट्टराईले यसपालीको निर्वाचनमा जनताले आफुलाई गोर्खामा विकास निमार्ण गरेको मुल्याङकन गरी भोट दिनेमा विश्वास व्यक्त गरे ।

उनले भने “ मलाई जनताको विश्वास छ, म आफै क्षेमताको आधारमा विकास र समृद्धिमा लाग्छु । ” अवको नयाँ युग नयाँ ढंगले अघि बढ्नुपर्ने बताउदै उनले लोकतान्त्रीक करणका बाँकी काम संविधान संसोधनले गर्ने भएकोले अब आर्थिक विकास समृद्धिको आवश्यक भएकोमा जोड दिए । नेपाल प्रेस सोसाईटी कास्कीका संयोजक संजय मल्लको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !