१४ बैशाख २०८१, शुक्रबार

भोलिदेखि सवारीमा जोर-बिजोर प्रणाली हट्ने : यस्तो भयो सरकार र व्यवसायीबीच सहमति


लकडाउन खुलेपछि बढ्यो राजधानी काठमाडौँमा चहल-पहल

काठमाडौँ । भोलि पुस शुक्रबारदेखि काठमाडौं उपत्यकामा सवारी साधनमा लाग्दै आएको जोरबिजोर प्रणाली अन्त्य हुने भएको छ । अन्य सबै सेवाहरू खुलेपनि सवारी साधनको जोर-बिजोर प्रणाली नहटाएको भन्दै व्यवसायी तथा सर्वसाधरणले गुनासो गरेका थिए।

आज बिहीबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बसेको प्रशासनका अधिकारी, सुरक्षा निकायका प्रतिनिधि, यातायात व्यवस्था विभागका प्रतिनिधि तथा यातायात व्यवसायी तथा मजदुरबीचको बैठकले ४ महिनादेखि लाग्दै आएको जोरबिजोर प्रणाली अत्य गर्ने निर्णय गरेको हो ।

जोरबिजोर हटाउने सहमतिसँगै भोलिबाट सबै सार्वजनिक तथा निजी सवारी सडकमा गुड्न पाउनेछन् तर यसअघि विभागले जारी गरेको स्वास्थ्य मापदण्ड भने व्यवसायीले पालना गर्नुपर्ने सहमति समेत भएको छ ।

कोरोना महामारीपछि काठमाडौंका सडकमा घटेको सवारी चाप दिनदिनै बढ्दो दरमा छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसहित विभिन्न यातायात मजदुर संगठनले शुक्रबारबाट जोरबिजार प्रणाली उल्लंघन गरेर सवारी चलाउने घोषणा यसअघि नै गरेका थिए ।

विगतमा भीडभाड कम गर्न जोर-बिजोर प्रणाली लगाए पनि अहिले अरू कुनै खालका प्रतिबन्धहरू नभएकाले अब जोर-बिजोर मात्रै लगाएर राख्दा सार्वजनिक सवारीमा जोखिम बढ्ने महासंघको भनाइ थियो।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !