१२ आश्विन २०८१, शनिबार

किन अकस्मात् भेटे प्रधान सेनापति थापाले भारतीय राजदूत क्वात्रालाई ?


प्रधान सेनापति थापाले भारतीय राजदूत क्वात्रा

काठमाडाैं । प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाले मित्रराष्ट्र भारतका राजदूत विनय मोहन क्वात्रासँग भेटवार्ता गरेको नेपाली सेनाकाे जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएकाे छ । थापासँग भेट गर्न राजदूत क्वात्रा सैनिक मुख्यालय जङ्गी अड्डा पुगेका थिए ।

सत्तारूढ दलभित्रकाे राजनीतिक विवाद चर्किरहेकाे बेला आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन भन्दै कूटनीतिक च्यानल छाडेर गैरकूटनीतिक क्षेत्र त्यसमाथि पनि नेपाली सेनाका प्रधानसेनापति र भारतीय राजदूतबीच एक्लाएक्लै भेटघाटले राजनीतिक र कूटनीतिक वृत्त प्रश्नचिन्ह खडा गरेकाे छ । यस्तो अवस्थामा यो भेटघाट किन जरूरी पर्याे भन्ने प्रश्न बाैद्धिक जगत र सामाजिक संजालमा उठको छ ।

केही समय अगाडि भएको भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवाणेको नेपाल भ्रमणपछि भारतीय राजदूतको प्रधान सेनापति थापासँग यो पहिलो भेटघाट हो । नेपाल र भारतबीचको सीमा विवाद टुंगो लगाउन चाँडै औचापरिक बैठक बस्ने तयारी भइरहँदा भारतीय राजदूतले प्रधानसेनापति थापालाई भेट्नु अर्थपूर्ण रुपमा हेरिएको छ ।

यद्यपि नेपाली सेनाले जारी गरेको बिज्ञप्तीमा प्रधानसेनापति थापा र राजदुत क्वात्रा बीच दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको जनाएको छ । यस किसिमको नियमित भेटवार्ताले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्‍वास नेपाली सेनाले लिएको जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !