११ पुस २०८१, बिहीबार

जेठ २० गतेसम्म लम्ब्याइयो निषेधाज्ञा, किराना पसल समेत खोल्न नपाइने


निषेधाज्ञामा सुनसान काठमाडौँ

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साताका लागि थपेर २० गतेसम्म लम्ब्याएको छ । उपत्यकाका ३ जिल्लाहरु काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको आज मंगलबार बसेको बैठकले जेठ २० गते मध्यरातसम्मका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

कोरोना भाइरस संक्रमण नघटेको र आवागमन पनि कायमै रहेको निष्कर्ष निकाल्दै रोकथामका लागि काठमाडौं उपत्यकामा जारी गरिएको निषेधाज्ञा अवधि थप एकसाता थपिएको हो । थप गरिएको निषेधाज्ञा जेठ १४ गते बिहान १ बजेदेखि जेठ २० गते मध्यरातसम्म कायम रहनेछ ।

एकसाताको परिस्थिती हेरेर थप निर्णय गरिने निष्कर्षमा तीनै जिल्ला प्रशासन पुगेका छन् । कोरोना महामारीका कारण वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू हुँदै आएको छ ।

किराना पसल र डिपार्टमेन्ट स्टोरहरू पनि खोल्न नपाइने भएको छ । तरकारी पसल भने बिहान ९ बजेसम्म मात्र खोल्न पाइने छ । थपिएको निषेधाज्ञा अवधिमा बिहान ९ बजेसम्म तरकारी, फलफूल, दूध, मासु र ग्यासको पसल खोल्न पाइनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !