१४ बैशाख २०८१, शुक्रबार

उपत्यकामा खाद्यान्न पसल, तरकारी र फलफूल बिहान ९:१५ सम्म मात्रै बिक्री गर्न पाइने


लकडाउन

काठमाडौं, भदौ ७ । काठमाडौं उपत्यकामा खाद्यान्न पसल, तरकारी, फलफूल र दूधडेरी बिहान ९:१५ सम्म मात्रै खोल्न पाइने भएको छ । काठमाडौं उपत्यकाका तीनै जिल्लामा जारी निषेधाज्ञामा खाद्यान्न लगायतका अत्यावश्यक वस्तुको बिक्रीको समय सीमा निर्धारण गरिएको हो ।

उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक वस्तुको सूचीमा रहेका खाद्य वस्तु, दूध (दुग्धजन्य पदार्थ), फलफूल, तरकारी, माछामासु आदिको बिक्रीको समयसीमा निधारण गरेका हुन् ।

काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको आजको बैठकले सो निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए।

उनका अनुसार यस्तो समय यसअघि ८ बजेको समय तोकिएको थियो । तर औषधि पसलका सवालमा भने व्यवस्था लागू हुने नभई औषधि पसल दिनभर सञ्चालन हुन पाउने छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु