१२ असार २०८१, बुधबार

राष्ट्रपति भण्डारीले ढुंगेधारामा पानी खसालेर गरिन् मेलम्ची खानेपानीको औपचारिक उद्घाटन


राष्ट्रपति भण्डारीले ढुंगेधारामा पानी खसालेर गरिन् मेलम्ची खानेपानीको औपचारिक उद्घाटन

काठमाडौं । मेलम्ची खानेपानीको काठमाडौंमा आज औपचारिक उद्घाटन भएको छ । काठमाडौंको भृकुटीमण्डपमा नवनिर्मित सार्वजनिक ढुंगेधाराको टुटी खोलेर राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्चीको खानेपानीको उद्घाटन गरेकी हुन् । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली समेत सहभागी भएका छन् ।

मेलम्ची खानेपानी आयोजना अन्तर्गत निर्देशनालयले भृकुटीमण्डपमा बनाएका ढुंगेधारामा रहेको ३ वटा धारा खोलेर राष्ट्रपति भण्डारीले उद्घाटन गरेकी हुन् । गत आइतबार काठमाडौंमा भित्रिएको मेलम्ची खानेपानीको औपचारिक उद्घाटन आज गरिएको हो ।

आजदेखि सर्वसाधारणले भृकुटीमण्डपमा रहेको सार्वजनिक ढुंगेधाराबाट पानी खान पाउनेछन् । काठमाडौं उपत्यकाका सर्वसाधरणले आइतबारदेखि नै मेलम्चीको पानी खान थालिसकेका छन् ।

हालसम्म काठमाडौंको महाङ्काल, मीनभवन र खुमलटारको ट्याङ्कीबाट पानी वितरण भएको छ । यसैबीच काठमाडौं उपत्यका खानेपानी लिमिटेडले बालाजु पोखरीमा मेलम्चीको पानी हालेर त्यस क्षेत्रमा पानी वितरण शुरू गरेको छ ।

हाल पुरानो पाइपलाइनबाट पानी वितरण भइरहेको आयोजनाले जनाएको छ । १ महिनासम्म पुरानो पाईपमा पानी पठाएपछि बैशाख १५ पछि नयाँ पाइपलाइनमा पानी पठाउने तयारी भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !