११ बैशाख २०८१, मंगलबार

पैसा कमाउने तान्त्रिक उपायहरु


रकम

आज लक्ष्मी पुजा, नेपालीहरुको दोस्रो चाड तिहारको दोस्रो दिन हो । आज लक्ष्मीको बास होस् भनि घरहरु सफा गरेर लक्ष्मीलाई पुजा गर्ने प्रचलन छ । त्यहि लक्ष्मी कसरी कमाउने भन्ने कुरा सबैको मनमा हुन्छ ।

पैसा कमाउने रहर सबैको हुन्छ । तर सबैले त्यति सजिलो भने कमाउन सक्दैनन् । किन की धन भनेको निकै ठुलो र गार्यो कुरा हो । धन विना यहाँ मानिसहरु जिउनु न मर्नु हुन्छ । त्यहि धनको लागि रातदिन पसिना बगाई रहेका हुन्छन् । त्यतिमात्र होइन । आफ्नो जन्मभुमि छोडेर खाडी मुलुक पसिना बगाउन गएका छन् ।

धन कमाउने पनि उपायहरु हुन्छन् । जुन तल दिईएको छ । धार्मिक विधिमा विश्वास गर्नुहुन्छ भने धनी बन्ने यी उपाय अपनाउन सकिन्छ । हिन्दू धर्ममा धानचामलको विशेष महत्त्व छ । नामकरण संस्कारदेखि लिएर अन्तिम संस्कारसम्म चामलको उपयोग हुन्छ । यसर्थ धन कमाउन पनि चामल उपयोगी हुन्छ ।

पैसा कमाउने तान्त्रिक उपायहरु

कुनै पनि शुभ मुहूर्त वा पूर्णिमाको अवसरमा बिहान छिटो उठेर नुहाइधुवाइ गरेर बेसार वा केसरले चामलका दाना रंगाउने
चामलको दाना सग्लो हुनुपर्छ र ती दानालाई भगवानमा गर्ने
जागिर खोज्दै हुनुहुन्छ वा तपाईलाई अफिसमा कुनै समस्या छ भने चामलको खीर बनाएर कागहरूलाई खुवाउने
पैसा कमाउन नसकेर तनावमा हुनुहुन्छ भने आधा किलो चामल लिएर एकान्तमा शिवलिंगको अगाडि बसेर शिवलिंगको पूजा गरेर एक मुट्ठी लिंगमा चढाउनुस् र बाँकी चामल चाहिँ गरीबगुरुवालाई दान दिने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !