११ श्रावण २०८१, शुक्रबार

सलमान, शाहरुखलाई पछाडि पार्दै क्रिकेटर बिराट फोर्ब्सको पहिलो सूचीमा


एजेन्सी, हालै फोब्र्सले सार्वजनिक गरेको १०० हस्तिको सूचीमा भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले अभिनेता सलमान खान, शाहरुख खान र अक्षय कुमार जस्ता बलिउड स्टारलाई पनि उछिनेका छन् ।

पछिल्लो तीन वर्षसम्म यो सूचीमा रहेका सलमान खानलाई पछाडी पार्दै विराट पहिलो नम्बरमा परेका छन् । विराट खेलाडी भएरपनि फोर्ब्सको सूचिमा पहिलो स्थानमा आउने पहिलो व्यक्ति भएका छन् । उनको कमाई २२५ करोड ७२ लाख भारु भएको तथ्यांक छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !