एजेन्सी, लिउड अभिनेत्री अनुष्का शर्माले भारतीय पूर्व क्रिकेटर फारुख इन्जिनियरको त्यो दाबीमाथि रोष व्यक्त गरेकी छिन् विश्व कप सन् २०१९ का बेला क्रिकेट टिमका चयनकर्ताले अनुष्कालाई चिया दिएका थिए ।
भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीकी श्रीमतीसमेत रहेकी शर्माले ट्वीटर र इन्स्टाग्राममा एउटा पोष्ट सेयर गरेर यसबारे यसरी लेखेकी छिन्
‘मनगढन्ते र फर्जी खबरसँग कसरी लड्ने ? यसबारे म सधैं यो सोच्छु कि तपाईं चुप लाग्नुहोस् र आलोचकलाई बोल्न दिनुहोस् । यसैमा विश्वास गर्दै मैले आफ्नो करियरको ११ वर्ष पूरा गरेँ । मैले सधैं आफ्नो मौनताको छायाँमा आफ्नो आत्मसम्मान र सत्य बलियोसँग उभिएको पाएँ ।’ ‘तर यस्तो पनि भनिन्छ नि, पटकपटक झुटो दोहोराइन्छ भने त्यो साँचो लाग्न थाल्छ, ममाथि पनि त्यस्तै भइरहेको थियो । मेरो मौनताका कारण ममाथि लगाइएका झुटा आरोप साँचो लाग्न थालेका छन् तर आज यसको अन्त्य हुनेछ ।
म त्यतिबेला चुप लागेँ जब मेरो कारण मेरा श्रीमान् विराट कोहलीको प्रदर्शन बिग्रियो भनियो । म त्यो आधारहीन आरोपमाथि पनि चुप लागेँ जब म भारतीय क्रिकेटसँग जोडिएका सामग्रीसँग सम्बन्धित छु भनियो । मेरो नाम ती मनगढन्ते किस्सामा पनि समावेश गरियो जसमा म बन्द कोठामा हुने क्रिकेट टिमको बैठकमा समावेश हुन्छु र टिमको सेलेक्सन प्रक्रियालाई प्रभावित पार्छु भनियो । म चुप बसेँ ।
मेरो नाम गलत तरिकाले ती दाबीमा पनि प्रयोग गरियो जसअनुसार इन्डियन टिमको विदेशी भ्रमणमा आफ्नो श्रीमानसँग तोकिएको समयभन्दा धेरै समयसम्म बसेँ । जबकी मैले सधैं सबै प्रोटोकल फलो गरेँ । मानिसहरुले भनिरहे, तर म चुप बसेँ । जब मलाई एक हाई कमिश्नरकी श्रीमतीले सामुहिक तस्बिरमा आउन आग्रह गरिन् र निकै संकोचसहित म त्यो तस्बिरका लागि तयार भएँ, तब पनि बबाल भयो र उक्त कार्यक्रममा म जबरजस्ती समावेश भएको बताइयो जबकी मलाई निमन्त्रणा दिइएको थियो । तर क्रिकेट बोर्डले यसका लागि स्पष्टिकरण दिनुपर्यो तरपनि म चुप बसेँ ।