एजेन्सी, इन्डियन आइडल ११ को अडिशनमा केही दिनअघि एक प्रतियोगीले नेहा कक्कडलाई गालामा चुम्बन गरेको मामलामा विशाल ददलानीले ट्वीटरमा आफूले पुलिसलाई बोलाउन चाहेको तर नेहाले ती व्यक्तिलाई जान दिएको बताइन् ।
नेहाबाहेक विशाल ददलानी र अनु मलिक पनि जजको रुपमा उक्त कार्यक्रमसँग जोडिएका छन् । ट्वीटरमा एक प्रयोगकर्ताले विशाल ददलानीलाई प्रश्न सोधे, ‘सर ती व्यक्तिलाई यति सजिलै जान दिन हुँदैनथ्यो । ’ यसमा विशालले जवाफ दिए, ‘म पुलिस बोलाइयोस् भन्ने चाहन्थेँ तर नेहाले उसलाई जान दिइन् । ती पुरुषलाई मानसिक उपचारको खाँचो छ, हामी उसलाई यसमा मद्दत गर्नेछौं ।’













