एजेन्सी, बलिउड अभिनेत्री भूमि पेडनेकरले अभिनेत्री नेहा धुपियालाई दिएको अन्तरवार्ता निकै चर्चित भएको छ । वास्तवमा ‘दम लगा के हईशा’ र ‘शुभ मंगल सावधान’ मा सँगै काम गरिसकेका आयुष्मान खुराना र भूमि पेडनेकर एक अर्काबारे धेरै नै जानकार छन् । र त टिभी शो बीएफएफ वोगमा एक–अर्काबारे खुलासा गरिरहेका थिए । नेहाले एउटा प्रश्न सोधेकी थिइन् जसका कारण भूमिका ट्रोलको शिकार हुनुपरेको थियो ।
वास्तवमा कार्यक्रममा कुराकानीका बेला नेहाले सेक्सबारे प्रश्न सोधेकी थिइन् । सुरुमा नेहाले आयुष्मानलाई सेक्स बिना कति दिन बस्न सक्नुहुन्छ भनेर सोधिन् । यसमा आयुष्मानले आउटडोर हुँदा उनी सेक्स बिना बस्न सक्ने जवाफ दिए । भूमिको प्रश्नको जवाफ पनि आयुष्मानले नै दिए ।
नेहाले यो प्रश्न भूमिमाथि तेर्साइन् आयुष्मानले तत्काल बोलिहाले, ‘एक घण्टा’ । त्यसपछि आयुष्मानले भूमिलाई डेट गर्ने इच्छा राख्ने पुरुषलाईसमेत टिप्स दिन थाले । उनले भने, ‘ती व्यक्तिले बेडमा निकै धैर्यता अपनाउनुपर्छ । ’ यसमा भूमिले भनिन्, ‘हो, मलाई स्लो रोमान्स मनपर्छ ।’