१२ असार २०८१, बुधबार

बलिउड अभिनेत्री सोनाक्षीले यसरी घटाइन् ३० किलो तौल


बलिउड अभिनेत्री सोनाक्षी सिन्हा आजभोलि निकै फिट देखिन्छिन् । तर, एउटा समय थियो, उनी ९० किलोको थिइन् । उनले अहिले त करिब ३० किलो तौल घटाएकी छिन् । तौल घटाएर नै उनले फिल्ममा इन्ट्री मारेकी हुन् । उनले हरेक दुई घन्टामा केही न केही खाइन् र साँझ ६ बजेपछि केही पनि खाइनन् । उनले डिनर पनि ६ बजेकै आसपासमा गरिन् ।

प्रत्येक दिन विहान सोनाक्षी उठेपछि उनले मनतातो पानीमा कागती मिसाएर खाइन् । उनले यसलाई सहजै रुपमा लामो समयसम्म फलो गरिरहिन् । सोनाक्षीले बिहान ब्रेकफास्टमा पनि कटौती गरिन् । उनले बिहान एउटा टोस्टमात्र खाने, एउटा ग्रिन टि पिउने र दिउँसो उनले घरमा नै बनाएको सलाद खाने गरिन् । योसँगसँगै सोनाक्षीले हरेक दिन जिममा पनि केही घन्टा बिताइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !