१२ असार २०८१, बुधबार

‘द स्काई इज पिंक’ को प्रिमियरमा किन रोइन् प्रियंका चोपडा ?


एजेन्सी, प्रियंका चोपडा लामो समयपछि फिल्म द स्काई इज पिंकबाट बलिउडमा फिर्ता भइरहेकी छिन् । हालै टोरोन्टो फिल्म फेस्टिबलमा द स्काई इज पिंकको पहिलो प्रिमियर राखियो । चोपडासँग फरहान अख्तर र निर्देशक सोनाली बोस पनि उपस्थित थिए । प्रिमियरको क्रममा प्रियंका निकै भावुक भइन् ।

द स्काई इज पिंक हेरेपछि प्रिमियरमा उपस्थित सबैले फिल्मको अत्यधिक तारिफ गरे । यस्तोमा फिल्मकी निर्देशक सोनाली बोसले फिल्मका स्टारकास्टलाई अँगालो हालेर बधाई दिइन् । यतिबेला प्रियंका चोपडा भावुक भइन् ।

जब सोनालीले प्रियंकालाई अँगालो हालिन् तब उनीहरुले लामो समयसम्म एकअर्कालाई अँगालो हालिरहे । पछि जब सोनाली अलग्गिइन् तब प्रियंकाले आफ्नो आँसु पुछिरहेको देखिइन् ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !