काठमाडौं । मिस नेपाल वर्ल्ड २०२५ को उपाधि लुना लुइँटेलले जितेकी छन् । आज शनिबार ललितपुरको सनराइज हलमा आयोजित फाइनलमा २६ प्रतिस्पर्धीलाई पछि पार्दै उनी विजेता बनेकी हुन् ।
लुइँटेललाई पूर्वमिस नेपाल आस्माकुमारी केसीले ताज लगाइदिइन् । प्रतियोगितामा उरुषा भण्डारी दोस्रो र सोनी घले तेस्रो भए । अर्थात्, मिस नेपाल इन्टरनेसनल २०२५ को उपाधि भण्डारीले जितिन् भने मिस नेपाल अर्थको उपाधि घलेले हात पारिन् ।
मिस कोस्मो २०२५ को उपाधि दीपशिखा नेपालले जितेको आयोजक संस्था द हिडन ट्रेजरले जनाएको छ ।













