३ फाल्गुन २०८२, आइतबार

शर्मिला वाइबा पोखराबाट पक्राउ


शर्मिला वाइबा

पोखरा । आफूलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइबा पक्राउ परेकी छन् । साइबार अपराध मुद्दामा कास्की प्रहरीले वाइबालाई आज पक्राउ गरेको हो ।

वाइबालाई कास्कीको लेकसाइडबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनकै सहकर्मी शर्मिला श्रेष्ठले दिएको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको हो ।

वाइबामाथि काठमाडौं प्रहरीमा मुद्दा दर्ता भएको थियो । उनलाई मंगलबार नै काठमाडौं पठाइने तयारी गरिएको छ । वाइबा यसअघि पनि पटक-पटक पक्राउ पर्दै रिहा हुँदै आएकी थिइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !