३ फाल्गुन २०८२, आइतबार

प्रहरी महानिरीक्षक थापाद्वारा दुलाललाई बधाई


प्रहरी महानिरीक्षक थापाद्वारा दुलाललाई बधाई

काठमाडौं । प्रहरी महानिरीक्षक दिपक थापाले ‘म्यान अफ द वर्ल्ड-२०२५’ प्रतियोगिताको उत्कृष्ट १० भित्र पर्न सफल भएकोमा हिजो सोमबार आयुष दुलाललाई बधाई दिएका छन् ।

प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक थापाले दुलाललाई दोसल्ला ओढाएर सम्मान गर्नुका बधाई दिएका हुन् । सो अवसरमा मिस्टर नेपाल-२०२३ को विजेता समर्पण कार्कीलाई पनि दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कार्की पेशाले पाइलट हुन् ।

‘म्यान अफ द वर्ल्ड नेपाल २०२४’ विजेता दुलाल फिलिपिन्समा गत मे २३ देखि ३१ सम्म आयोजना भएको ‘म्यान अफ द वर्ल्ड-२०२५’ प्रतियोगितामा कुल २७ देशहरूले भाग लिएकोमा उनी उत्कृष्ट १० भित्र पर्न सफल भएका थिए ।

दुलाल ‘म्यान अफ द वर्ल्ड नेपाल २०२४’ विजेता हुन् । उनले मिस्टर नेपाल-२०२४ प्रतियोगितामा सहभागी भई ‘म्यान अफ द वर्ल्ड नेपाल-२०२५ एण्ड बेस्ट पर्सनालिटी प्राप्त गरेका थिए ।

प्रहरी महानिरीक्षक थापाद्वारा दुलाललाई बधाई


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !