
बागलुङ । ११५औँ अन्तराष्ट्रिय महिला दिवसको उपलक्ष्यमा जैमिनी नगरपालिका बागलुङले आयोजना गरेको खुला महिला एकल लोकगीत प्रतियोगिताको उपाधि जनता माध्यमिक विद्यालय पैयुँथन्थापको कक्षा १२ मा अध्ययनरत छात्रा मेनुका थापाले जितेकी छन् ।
आज शनिबार जैमिनी नगरपालिका कुश्मीसेराको सभाहलमा सञ्चालित उक्त कार्यक्रममा कमला चालिसे जैमिनी-८ छिस्ती द्वितीय, पूर्णिमा नेपाली जैमिनी-९ तृतीय साथै इन्दिरा शर्मा जैमिनी-५ विनामारे र गुमा विसी जैमिनी-१० राङ्खानी सान्त्वना पुरस्कार प्राप्त गरेका छन् ।
उक्त कार्यक्रमको प्रमुख अतिथि जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्मा तथा अन्य जनप्रतिनिधि उपस्थित उक्त कार्यक्रमका विजयी सहभागीलाई क्रमशः ६०००, ५०००, ४००० र ३००० नगद पुरस्कार प्रदान गरियो ।