१६ चैत्र २०८१, शनिबार

गरुवा सांस्कृतिक साँझमा गायक प्रमोद खरेलले दिए धमाकेदार प्रस्तुति


गरुवा सांस्कृतिक साँझमा गायक प्रमोद खरेलले दिए धमाकेदार प्रस्तुति

इलाम । गरुवा सांस्कृतिक साँझमा बहुचर्चित गायक प्रमोद खरेलले धमाकेदार प्रस्तुती दिएका छन् । स्वतन्त्र विद्यार्थी युनियन गरूवा बहुमुखी क्याम्पस इलामको आयोजनामा`गरूवा सांस्कृतिक साँझ २०८१´भएको हो ।

हिजो फागुन ९ गते साँझ माई नगरपालिका-४ स्थित शुक्रबारे खेल मैदानमा कार्यक्रम भएको थियो । स्थानीय कलाकारको साथमा गायक प्रमोद खरेलको धमाकेदार प्रस्तुति रहेको सो क्याम्पस युनियनका अध्यक्ष गोपाल आचार्यले जानकारी दिएका छन् ।

सो कार्यक्रमा इलाम क्षेत्र नम्वर २ का नेकपा एमालेका सांसद महेश बस्नेत प्रमुख अथिति रहेका थिए । साथै उक्त कार्यक्रममा भारतको कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) मा मृत्यु भएकी नेपाली विद्यार्थी प्रकृति लम्सालको आत्माको चिर शान्तिको कामना समेत गरिएको थियो ।

गरिब तथा जेहेन्दार विद्यार्थीहरुको छात्रवृत्तिको लागि हित कोष स्थापना गर्न हिजो फागुन ९ गते शुक्रवार साँस्कृतिक साँझको आयोजना गरिएको अध्यक्ष आचार्यले जानकारी दिए। विद्यार्थी हितकोष कार्यविधि बनाएर बैंक खाता खोलेकोले खातामा जम्मा भएको रकमको व्याजबाट छात्रवृत्ति बाड्ने उनले बताएका छन् ।

गरुवा सांस्कृतिक साँझमा गायक प्रमोद खरेलले दिए धमाकेदार प्रस्तुति गरुवा सांस्कृतिक साँझमा गायक प्रमोद खरेलले दिए धमाकेदार प्रस्तुति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !